संसदलाई चन्द्र भण्डारीले दिए सूचना : जनताले सदनमा बाँदर उपहार पठाउँदै छन् रे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कृषकहरूले सदनलाई बाँदर उपहार पठाउन लागेको बताएका छन् ।

प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा बोल्दै सांसद भण्डारीले बारीका छरेका मकै टुसा हाल्न नपाउँदै बाँदरले सखाप पारेको र पीडा सदनमा नउठेको भन्दै कृषकले बाँदर उपहार पठाउन लागेको बताएका हुन् ।

‘अहिले नेपालको सञ्चारमाध्यममा सडक विभागले काम गर्न सकेन, धुलैधुलो भयो भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक ट्रक धुलो पठाएको चर्चा छ । त्यसैगरी नेपाली जनताले हामीलाई निर्वाचित गरेर पठाए, उनीहरूले हामीलाई प्रश्न गरेका छन्– तिमी सदनमा जान्छौ, भुइँ मानिसको कुरा उठाउने ठाउँमा तिमीहरू झगडा गरेर समय बिताउँछौं,’ उनले भने, ‘जनताका कुरा उठाउँदैनौं ।

अहिले पानी परेको छैन । मकै छरेको छ । भर्खर टुसा निस्कने बेलामा बाँदरहरू आएर जनतालाई दुःख दिइरहेका छन् । किसानहरूलाई अस्तव्यस्त बनाएका छन् । अहिले भन्दैछन्, कि अब हाम्रा कुरा नउठाउने, हामीले भोट नदिने भनेर बाँदर जम्मा गर्दैछन् रे ! अब यो सदनलाई दिने भनेर !’ 

प्रतिक्रिया

सम्बन्धित