इलाममा आमा–छोरा घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला

इलाम । इलाम नगरपालिका–२ सुम्बेक पराजुली गाँउमा आमा–छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । फूलमाया तामाङ्ग र छोरा जीवन झुण्डिएको अवस्थामा फेला परेको इलाम प्रहरीले जनाएको छ । उनीहरू घरभित्रै सुत्ने कोठामा एकै ठाउँमा दुई वटा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका छन् ।

फूलमाया करिब ४३ र छोरा जीवन करिब २० वर्षका छन् । बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जवेगुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित