सुनसरीबाट स्रोत नखुलेको एक करोड बढी नगदसहित अन्सारी पक्राउ

इटहरी । सशस्त्र प्रहरीले सुनसरीमा स्रोत नखुलेको एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागेर चेकजाँच गर्दा सो नगद बरामद गरेको हो ।

कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकमसहित कार र चालकलाई पनि नियन्त्रणमा लिएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्नेमा हरिनगर गाँउपालिका–५ का अन्दाजी वर्ष ३७ का ईसा अन्सारी छन् । प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेको पनि डीएसपी थापाले बताए । नगद, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा भइरहेको थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित