इलाममा बुबाको हत्या गरी जंगलमा लुकिरहेका छोरालाई प्रहरीले घेरा हालेर समात्याे

इलाम । बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए । घरायसी विवादका क्रममा मा रामबहादुरले दिलबहादुरलाई चिर्पटले हिर्काएका थिए । गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित