सिरहामा चट्याङ लागेर श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान घाइते

सिरहा । सिरहाको लहान नगरपालिका–१८ शोभापुर गाउँकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् ।

लहान–१८ शोभापुर र १४ नं.मा पर्ने बस्तीपुरको सीमामा पर्ने खुट्टीखोलामा गिट्टी चाल्दै गरेकी शोभापुरकी करिब ४१ वर्षीया हसिरन खातुनको बिहीबार साँझ करिब साढे पाँच बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खातुनसँगै गिट्टी चाल्दै गरेका उनकी श्रीमान करिब ४५ वर्षीय मो फर्मुद चट्याङ लागेर घाइते भएका छन् । घाइते फर्मुदको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार गरिएको उनले बताए । उनका अनुसार मृतक खातुनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित