झापाकि विष्णुमाया हत्या प्रकरण : दोस्रो पटक चोर्न जाँदा चिच्याएपछि रडले हानेर हत्या
झापा । झापा बिर्तामोड–४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ ।
चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षीया विष्टको हत्या गरेको खुलेको झापाका प्रहरी प्रमुख मिलन केसीले बताए । बिर्तामोड–४ का २२ वर्षीय राजवंशीले सोही स्थानका २३ वर्षीय महेश राजवंशीको सहयोगमा हत्या गरेको केसीले बताए । प्रहरीले चोरीको सामान लुकाउन भूमिका खेलेको अभियोगमा गंगाप्रसादकी श्रीमती वर्षा राजवंशी, चोरीको सामान बेच्न सघाउने सोही ठाउँमा ‘ज्याक’ भनिने भगीरथ माझी र चोरीको सामान खरिद गर्ने अर्जुनधारा–६ का हनुमान सुनचाँदी पसल सञ्चालक धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार गंगाप्रसाद र महेश राजवंशी मिलेर चोरी गर्ने योजना अनुसार वैशाख २६ गते विष्टको घरमा गएका थिए । घरमा एक्लै रहेको समयमा चोर आएको जस्तो लाग्यो भनेर उनले काठमाडौंमा रहेका छोरालाई फोनमा जानकारी गराइन् । त्यसपछि उनका छोराले छिमेकीलाई घरमा जान भने । छिमेकी आएर होहल्ला गरेपछि राजवंशीद्धय भागेका थिए ।
घटनाअनुसार छिमेकीहरु ऋा–आफ्नो घर फर्किएपछि फेरि राजवंशीले त्यो घरमा चोरी गर्ने योजना बनाए । नजिकै लुकेर बसेका उनीहरु घरको पर्खाल नाघेर भित्र पसे । चोरी गर्नेक्रममा विष्टले होहल्ला गर्न थालेपछि ताला फुटाउन ल्याएको रडले हिर्काएर हत्या गरेको खुलेको छ । वृद्धाको टाउकोमा गंगाप्रसादले तीन पटक रडले प्रहार गरेको स्वीकार गरेका छन् ।
प्रहरीले वृद्धाको हत्या घटनालाई ‘अपरेसन ब्ल्याक ब्याग’ नाम दिएर अनुसन्धान सुरु गरेको थियो । प्रारम्भमा कुकुर ल्याएर अनुसन्धान गरेको भए पनि त्यो प्रभावकारी हुन सकेको थिएन । घटनाका अभियुक्तकोे खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए । सीआइबी, प्रदेश, जिल्ला र इलाकाप्रहरी कार्यालय बिर्तामोडको टोलीले संयुक्त अनुसन्धान गरेका थिए ।
प्रहरीले घटनास्थलबाट ताला फुटाउन प्रयोग भएका फलामका उपकरण, सुनको औंठी, सुनको बाला, सुनको सिक्री, सुनको टप, सुनको जन्तर र चाँदीको कलश बरामद गरेको जनाएको छ । अभियुक्तहरुलाई हिरासतमा राख्न अदालतबाट म्याद थप गरी प्रहरीले आवश्यक अनुसंधान गरिरहेको छ ।
![संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प](https://snowberry.prixacdn.net/media/gallery_folder/pahir_gqw4sCONFG_setgyppud7umugmplep4dw0ypnxgczqevpgbusooiglpjpwntca51dxdoeaw_I7DRAeCJfQ_fjsywq11xzfkgcryz0crsix1lq9xh9jp4wdj8aqyofhafz5ypa9eadm48jy1.jpg)
संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प
![बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/bagmati-mantri_LwOUivPhoZ_6u1ys7vtlwa6dmv0elk8jqvzfwq1lvsyhhoc3rfqbn9krzjbmbsztedhr432_1nndCMAWWz_foti1tzarpegqngtdwfn6sg6bp8efczbhdvfzduddqnbhznkmbistfidqd0q.jpeg)
बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो
![भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो](https://snowberry.prixacdn.net/media/gallery_folder/Naglo%2520sip-bhojpur_hcraZQHSl5_c2doistvgsw3atatev4b0sazmytyx9ybgyjqjlf0w0i3vntafpe6v2apok9f_lbaQspDtC6_6swiwjkghbfnknhxmmv437fsz9hyeksdv7zfuwbaqt08szzoy0gtnbnszefj.jpg)
भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_4rHcPBDfDC_pxzfstzmvlmygn2g72aprupgldypp91j7yv8ccmy4vrc8rhvi9csxtxcbuxg.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_3We8mTE0uq_5mb9i1y9aeqk32a1s78v8bv45w6xae3f7kfyrceqdpwbuytmwlf17vhvmu2n.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_E0MZWXniDW_nnscl8pqgnaz6qxczosovabzklainsaecsuu5phcpwdamet6k8madhj6mqyh.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_j1B03wPoSI_hjilpdz1xuddd4uhfkzndysumg5spkcamvnkpausjcugwzoo229lngubvfya.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_5PBvsXsLrS_altyitcpd1hlsfodrmzpxc2eianzdj92lhzji8mmsgztzztkzy2qy9jmlbk0.jpg)
प्रतिक्रिया