चारदिन देखि बढेकाे बढ्यै सुनकाे मुल्य : बिहीबार एकै दिन तोलामा २३ सय बढ्याे

इटहरी । नेपाली बजारमा विगत चार दिनदेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। गएको सोमबारदेखि सुनको मूल्य लगातार वृद्धि भइरहेको हो। 

बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार तीन सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक लाख ४० हजार पाँच सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। 

तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० रुपैयाँ थियो। आज तेजाबी सुन एक लाख ३९ हजार आठ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।बुधबारको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार दुई सय ५० ले वृद्धि भएको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य तोलामै ७० रुपैयाँले वृद्धि भएको छ। बुधबार एक हजार नौ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार नौ सय पुगेको छ। 

प्रतिक्रिया

सम्बन्धित