‘छक्का पन्जा ५’ मा दिपक राजा , वर्षा रानी : सार्वजनिक भयाे पहिलाे पाेस्टर

इटहरी ।  ‘छक्का पन्जा ५’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । छक्का पन्जा टिमले आज बिहान सार्वजनिक गरेको पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटी देखिएका छन् । यस पटक छक्कापन्जाले वर्षालाई अनुबन्धन गरिएको देखिएको छ ।

फिल्ममा राज आशनमा वर्षा बसिरहेकी छन् भने दीपक र केदार छेउछाउमा उभिएका छन् । यो सिरिज भर दीपकलाई राजाको रूपमा देख्न सकिन्छ । मतलब उनी फिल्मको मुख्य पात्र रहन्छन् । वर्षा सिम्हासनमा बसेको कारण दीपकको जोडी वर्षा हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । यसबारेमा निर्माण टिमले बताउने नै छ ।

छक्कापन्जा टिमले सिक्वेल–सिक्वेलमा मुख्य नायिका अलगअलग राख्दै आएको छ । यो फिल्मको आज शुभसाइत हुने निर्माण टिमले जनाएको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा यो फिल्मको शुभसाइत गर्दै निर्माण पक्षले छायांकन सुरु गर्न लागेको हो । फिल्मलाई असोजको २४ गते (दसैँ) रिलिज गर्ने पक्का भएको समेत निर्माणपक्षले जानकारी दिएको छ। फिल्ममा दीपक शर्मा र बाबुल गिरीको संगीत, दीपकराज गिरीको कथा, हरि हुमागाँइको छायांकन रहनेछ । फिल्मलाई पोखरा, काठमाडौं र नुवाकोटमा छायांकन गरिनेछ ।

फिल्मको छायांकन ५० दिनमा सक्ने योजना निर्माण पक्षको छ । यस पटक कलाकार तथा लेखक दीपकराज गिरीले राजनीतिक कथावस्तु भन्दा केही पर रहेर सामाजिक कथावस्तुमा फिल्म बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित