बुधबार एकै दिन तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति?

इटहरी । नेपालमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको प्रतितोला ६ सय रुपैयाँले बढ्दा चाँदी पनि तोलामा १० रुपैयाँ महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी १ हजार ९ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

मंगलबार छापावाल सुन १ लाख ३७ हजार ६ सय, तेजाबी सुन १ लाख ३६ हजार ९ सय ५० र चाँदी १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ५९ अमेरिकी डलर र चाँदी ३२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित