कोसी सरकारविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

इटहरी । कोसी प्रदेश सरकारविरुद्धको रिट निवेदन न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा आजका लागि पेसी तोकिएको छ।

कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट निवेदन पेसीको सूचीमा दोस्रो नम्बरमा परेको छ। कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका हुन्। 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीले उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित