हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

इटहरी । हिसान नगर कमिटी इटहरीले आयोजना गरेको विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा इटहरीको ग्रिन पिस सेकेन्डरी स्कुलका छात्र विशेष पौडेल प्रथम भएका छन् ।

त्यस्तै दृत्य स्थानमा सिवि आवसिय विद्यालयका छात्र असीम बुढाथोकी ,तृत्य स्थानमा ग्रिन पिस सेकेन्डरी स्कुलका प्रविन खत्री र कस्तुरी सेकेन्डरी स्कुलका साहिल राई सान्त्वना भएका छन् । इटहरीको शिवि कलेजमा भएको प्रतियोगितामा १ दर्जन बढी विद्यालयका विद्यार्थीहरू सहभागी रहेका थिए ।

अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरू भित्र भएको कलालाई बाहिर प्रस्फुटन गराइ खेल क्षेत्रमा पनि अब्बल बनाउन बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तथा  सिबि कलेजका प्राचार्य खेमराज बास्तोलाले बताए ।

विद्यार्थी भित्र भएको कलालाई बेला बेला उजागर गराउने उद्देश्य सहित हिसान नगर कमिटी इटहरीले विभिन्न समयमा यस्ता अतिरिक्त क्रियाकलापहरू गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित