प्रचण्ड सरकारले बढाएन वृद्ध भत्ता, बढेन कर्मचारीको तलव पनि

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । आज (मंगलबार) संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको घोषणा गरेका हुन् ।

तर, यस वर्ष प्रचण्ड नेतृत्व सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको भने छैन। तत्कालीन नेतृत्वको सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट भाषणमा ३३ प्रतिशत वृद्धभत्ता बढेको घोषणा गरेका थिए । उनले १ हजार भत्ता बढाउँदै जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ पु¥याएका थिए ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० रुपैयाँबाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिने गरेका छन् । सरकारले ज्येष्ठ नागरिकसहित एकल महिला,अपांगता भत्ता, विपन्नलगायतलाई विभिन्न शीर्षकमा भत्ता दिँदै आएको छ ।

सबै नेपाली नागरिकलाई क्रमशः राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनेछ । राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा सुविधासँग आवद्व गर्दै लगिने घोषणा गरेको छ । ‘राहदानी, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिनेछ ।’ अर्थमन्त्री पुनले भने,‘भूमि व्यवस्था, सवारी दर्ता तथा नवीकरण, चालक अनुमति पत्र, बैंकिङ, निवृत्तभरण व्यवस्थापन र स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिनेछ ।’

बढेन कर्मचारीको तलब

सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१÷८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन । गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता