बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् ।मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पुनले बजेट सार्बजनिक गर्दै यस बजेटका पाँच उद्धेश्य र पाँच प्राथमिकता रहेको बताएका छन् ।
बजेटका पाँच उद्देश्य
१- उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु,
२- निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
३- मानव संसाधन विकास गर्नु,
४- स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र
५- सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु ।
बजेटका पाँच प्राथमिकता:
१- आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन,
२- कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण,
३- शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
४- समावेशिता र सामाजिक सुरक्षा, र
५- सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार।
![चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात](https://snowberry.prixacdn.net/media/gallery_folder/rasuwagadi_dqJygGI8Bk_sj6xddosbgzr406ydegg4er6faw0yynpwioe1spfdveex7yvn7abrzsuqj66_dL8teyRxKK_jb29beaurcepo5oarltkzfwfkvbqeeipep4mnga5supmwcu6upigycpvdqqf.jpg)
चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात
![दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/cow_SOC0wtad0E_oikwqmycatbke8ezoenrt1ixoclqmrmvhf5ufwrsvyumg1spu4gf7mmkukag_kchIIbgQW1_20hbc0ef7vse8ud2jo7jvsdeube3f6ghxgasyotrksmedgdunzo4fft2whbg.jpg)
दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/yarsha_UB7go46cQT_i3ij1jargtjnxuoeagvl0tmqugfol81x349jirbsccalfvcieeluekkypc8x_motDlvhxDZ_zurliyjrfc4m5hzxqialu8gp8wo27npvlqz3esf7v8g7vwq7wd71avk8toj7.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_TYhnRMOvBZ_nyfhfc8gikipppwwxunmperx4kpmrpwl1iybnhd4a2kzemzxbgtb5m06ucra.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_rEgnrV2QPP_cxcxw5oi9kbpgb6gmg6w4wxuxt2pwsnnvqc0al8eixjlzdehdsyfw83w2rhk.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_tCvCAxo8j7_oqj65i8fwkbjtbmmzwvyt2m3iaf46ght44ciidmqthp80cvvexnztg6mnkkv.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_4VcNYN7BQM_wlkpnflczriydzat5yvp0f1ngauvga3rops88y4eg4djces2usk681orqxmx.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_rFPCbdpJx9_pcx8fuw0lqzxwnjymiuf1bpqjp8uj2jb12rgpfheuwpnntizyrpkoja21okw.jpg)
प्रतिक्रिया