नवलपरासीमा एउटा ट्रकका कारण राजमार्ग अवरुद्ध, चालक र ट्रकधनी नै वेपत्ता

काठमाडौं । नवलपरासी पूर्वको थुम्सीमा एउटा ट्रकका कारण नारायणगढ बुटवल राजमार्ग सञ्चालनमा कठिनाइ भएको छ ।

सोमबार साँझदेखि परेको वर्षाका कारण गएराति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

मंगलबार बिहान सडक एकतर्फी रुपमा सञ्चालनमा त आएको छ तर सडक छेउमा फसिरहेको बा प्र ०३-००१ ख-०९६१ नम्बरको ट्रकका कारण दुईतर्फी रुपमा खुल्न सकेको छैन ।

लामो प्रयासबाट राजमार्ग एकतर्फी सञ्चालन गरे पनि त्यही ट्रकका कारण दुई तर्फी रुपमा सञ्चालन गर्न कठिन भएको बुटवल नारायणगढ सडक योजना कार्यालयले जानकारी दिएको छ ।

उक्त ट्रकका चालक, सहचालक र सवारी धनी हालसम्म पनि सम्पर्कमा नआएका कारण त्यसलाई हटाउन नसकेको र राजमार्गका यात्रुहरुले दु:ख पाएको आयोजनाले फेसबुकमा सूचना राखेर जानकारी दिएको छ ।

‘तसर्थ, यो ट्रकसँग सम्बन्धित व्‍यक्ति वा ट्रकसँग सम्बन्धित व्‍यक्तिलाई चिन्नुहुने जो कोही कृपया हामीसँग छिटोभन्दा छिटो सम्पर्कमा आइदिनुभई दुईतर्फी सहज यातायात सञ्चालनमा सहयोग गरिदिनुहुन अनुरोध छ।’, आयोजनाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता