मंगलबार चार सय रूपैयाले बढयाे सुनकाे मुल्य , चाँदीमा सामान्य बृद्धि

इटहरी । आज पनि सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। आज (मंगलबार) सुन प्रतिलोता चार सय रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ। शुक्रबारदेखि आइतबारसम्म स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार वृद्धि भएको थियो। 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी तेजावी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

त्यसैगरी चाँदी आज प्रतितोला एक हजार ९ सय २० रुपैयाँ पुगेको छ। सोमबार छापावाल सुनको मूल्य एक लाख ३७ हजार २ सय रुपैयाँ थियो भने तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ थियो।

त्यसैगरी चाँदी हिजो प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित