इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन

इटहरी / इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।

महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिइएको हो । सूचनामा गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीको नामावलीसहितको विवरण १५ दिनभित्रमा बुझाउन निर्देशन दिएको शिक्षा शाखाका प्रमुख दोर्ण दाहालले बताए ।

अनिवार्य रुपमा निर्देशन पालना नगरे कारवाही गरिने प्रमुख दाहालको भनाइ छ । इटहरी उपमहानगरपालिकाले यसअघि शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक(कर्मचारीको नियुक्तिपत्रलगायतका नियमबारे पनि निजी विद्यालयलाई विवरण अविलम्ब पठाउन सकुर्लर गरेको थियो ।

इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा सरकारी विद्यालय रहेका छन भने अरु निजी रहेका छन् । पछिल्लो केहि समय यता इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षाक्षेत्र सुधारका अभियानहरु चलाईरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित