अस्मिता र किरणकाे स्वाेर रहेकाे "मेरी डल्ली" बजारमा , वसन्त र पुनमले मर्काए कम्मर

इटहरी । गायिका अस्मिता अधिकारी र गायक किरण भुजेलको स्वाेर तथा राजन क्षेत्रीको शब्द, सङ्गीत रहेको मेरी डल्ली बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मोरङको पर्यटकीय स्थल गाेकुलम रिसाेर्टमा छायाङ्कन गरिएको भिडियोमा इटहरी नागी डान्सका सञ्चालक वसन्त बस्नेत र पुनम चाैलागाइले दमदार नृत्य प्रस्तुत गरेका छन् । उक्त म्युजिक भिडियोलाई इस्टर्न  आर्टसले बजारमा ल्याएको हो ।

लामो समय देखि मोडलिङ क्षेत्रमा रहेका वसन्तले यस अघि पनि थुप्रै म्युजिक भिडियोहरूमा आफ्नो प्रस्तुति देखाइसकेका छन् ।

हालै बजारमा आएको मेरी डल्लीलाई वसन्तले नै डिरेक्सन गरेका छन् भने रेकर्डिङ मालाश्री,कोरियो ग्राफर अनिल बुढाथोकीले गरेका छन् ।  उक्त म्युजिक भिडियोले राम्रै बजार पाउनेमा आफू विश्वस्त रहेको वसन्त बताउँछन् । 

 

प्रतिक्रिया

सम्बन्धित