भारतमा भीषण गर्मी, राजस्थानको तापक्रम ५० डिग्री सेल्सियस

एजेन्सी ।  भारतका धेरैजसो क्षेत्रमा अचेल अत्यधिक गर्मी छ। शनिबार राजस्थानको फलोदीमा तापक्रम ५० डिग्री सेल्सियस पुगेको जयपुर मौसम विभागको केन्द्रले जनाएको छ। राजस्थानका बारमेरमा ४८.८ डिग्री र जैसलमेरमा ४८.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। 

शनिबार राजस्थानको फलोदी भारतको सबैभन्दा तातो सहर बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पाकिस्तानमा पनि यतिबेला निकै गर्मी छ।पाकिस्तानका केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित