महानगरका सबै विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम
![](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-14_xVlSo43EnB_xxvvy7ge0k3qr2umvtakensaaq1zxwxxj0viaf2edd1napnsklhavyyj3ppp_Is1dYscvIC_mpq044unfebidlitc3kbobakxe7zb9sukquxv9lgjeohurgokg4z82ho78pf.jpg)
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले अभ्यास गरिरहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयमा विभागका अधिकारीबिच समान वुझाइ विकास गर्न २ दिने तालिम आयोजना गरिएको छ । सार्वजनिक निजी साझेदारी एकाइले सबै विभागबाट एक एक जना प्रतिनिधि बोलाएर विभागसँग कस्ता कार्यक्रम हुन सक्छन्, यी कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने विषयमा सैद्धान्तिक छलफल र व्यवसायिक कार्ययोजना निर्माणको अभ्यास गराइएको छ ।
तालिममा निजी साझेदारी कार्यक्रमको अवधारणा, परिचय र महत्व, नेपालको सन्दर्भमा सार्वजनिक निजी साझेदारी कार्यक्रमको सफल अभ्यास, सम्भावना र चुनौती, सार्वजनिक निजी साझेदारी अवधारणाका लागि सम्भावित र महत्वपूर्ण आयोजनाहरु, साझेदारी कार्यक्रमका अङ्गहरु र व्यवसायिक कार्ययोजना निर्माण अभ्यास, योजना छनोटका सूचक, विधि र प्रक्रियालगायत विषय समेटिएका थिए । यस्तै बजारीकरण र उत्पादन योजना, संस्थागत प्रबन्ध (संगठन र व्यवस्थापन) तथा वित्तीय योजना र योजना विश्लेषण तालिममा समेटिएका थिए ।
कार्यक्रममा महानगरपालिकाको सार्वजनिक निजी साझेदारी बोर्डका सदस्य एवं वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले नीतिमा समस्या भए जनप्रतिनिधिले काम गर्नु पर्ने, कार्यान्वयनमा समस्या भए कर्मचारीले काम गर्नुपर्ने बताए । यस्तै बोर्डका अर्का सदस्य एवं वडा नंं ३० का अध्यक्ष दलबहादुर कार्कीले, साझेदारीबाट गरिने कामको प्राथमिकता निर्धारण गर्नु पर्नेमा जोड दिए ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमको मुख्य मर्म भनेको सबै पक्ष लाभान्वित हुनु हो । यसमा लगानी गर्ने पनि र नगर्ने पनि लाभान्वित हुनुपर्छ । लगानी गर्नेहरुको लगानी सुरक्षा तथा प्रतिफल र लगानी नगर्नेहरुका लागि सेवा उपभोगको अवसरले साझेदारी कार्यक्रम सफल हुने हो । यसमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट बनाउनुपर्छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य डा. सुरजराज काफ्लेले धारणा राखे ।
सबै अवधारणा सबै ठाउँमा कार्यान्वयन अनुकुल नहुन सक्छन् । कार्यक्रममा आयोगका अर्का सदस्य प्रसुन्न बज्राचार्यले स्थानीय अवस्था र आवश्यकताबाट परियोजनाको ढाँचा एकिन गर्नु पर्ने बताए ।
एकाइका प्रमुख नरेन्द्रबिलास बज्रचार्यकाअनुसार महानगरपालिकाले २०५६ सालबाट सार्वजनिक जिनी साझेदारी अवधारणाअनुसार कार्यक्रम थालेको हो । यसपछि कति योजना सफल भए, कति योजना सफल बनाउन पुरक सम्झौता गर्नु परेको छ । कति योजनामा सम्झौता गरेर काम थालनी भयो तर कार्य सम्पन्न भएन । यसकारण विगतको अभ्यास अध्ययन विश्लेषण गर्नु र महानगरपालिकाले जारी गरेको ऐन कार्यान्वयन गर्न नियमावली तर्जुमा गर्नु अहिलेको आवश्यकता रहेको छ ।
तालिमका प्रशिक्षक विश्व कार्कीले, निजी साझेदारीका कार्यक्रम सञ्चालन गर्नु पूर्व कार्यक्रमका अन्तरपक्षमध्ये पनि लगानी, निर्माण, सञ्चालन तथा व्यवस्थापनको दायित्व, दिगोपना, हस्तान्तरणजस्ता पक्षमा स्पष्ट हुनुपर्ने र जोखिम आँकलन गर्नु पर्ने बताए । यस्तै अर्का प्रशिक्षक शुशिलकुमार शर्माले, साझेदारी कार्यक्रमबाट छिटो नतिजा प्राप्त हुने, सञ्चालन र व्यवस्थापनमा अपनत्व तथा दिगो उपयोगमा योगदान हुने बताए ।
तालिममा वातावरण व्यवस्थापन विभाग, पूर्वाधार निर्माण, सहरी यातायात सञ्चालन व्यवस्थापन जस्ता सञ्चालनमा रहेका परियोजनालाई प्रतिनिधि अवस्था मानेर यसका चरण, लाभ, हुनुपर्ने र भएको अवस्थाका विषयमा अन्तरक्रिया गरिएको थियो । यस्तै यी परियोजनाको व्यवसायिक कार्ययोजना निर्माण अभ्यास गरिएको थियो ।
तालिमपछि अधिकारीहरुमा साझेदारी कार्यक्रममा पीटु (पोलिसी एण्ड प्लेस) र एमथ्री (मनी, म्यानेजमेन्ट र म्यानपावर) कार्यक्रम सञ्चालन, व्यवस्थापन, स्वामित्व र लाभका विषयमा एउटै धारणा विकास भएको हामीले अपेक्षा गरेका छौँ । तालिमको नतिजाका विषयमा वरिष्ठ शाखा अधिकृत कविता राईले जानकारी दिइन् ।
सार्वजनिक निजी साझेदारी बोर्ड
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा सार्वजनिक निजी साझेदारी बोर्ड गठन भएको छ । उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष, डा. सुमननरसिंह राजभण्डारी बोर्डका सदस्य रहेका छन् । यस्तै वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, ९ का अध्यक्ष रामजी भण्डारी र ३० का अध्यक्ष दलबहादुर कार्की, सार्वजनिक निजी साझेदारी कार्यक्रमका विज्ञ सुदीप ढकाल सदस्य छन् । सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य बोर्डको सदस्य सचिव छन् ।
![काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC_1.jpg_LlpZZpO7cO_myobjy8hy7y3r8x6n1khqzmu1fveduedqalsuol4ywtsmdlwtrmclwum0jgt_lrInfk9XoR_u8wnwqmraoijtchv62qnzcdaed9tjrogkjxd3cx8kkntrfgyybowu5qknmdr.jpg)
काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन
![ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल](https://snowberry.prixacdn.net/media/gallery_folder/denis.jpg_mcqnCI6Y2n_oazfp7ghdlx3we0yt9k1s3h5mdr23y9yr4z0rz3scesurj0ri4gkipdvumqc_QxH4LbEijs_vzoesbk2ycs8tr9gola7pvjfsyp379n6qx43d43ai7kb7irzlgcpylfurgtg.jpg)
ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल
![परराष्ट्रले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्](https://snowberry.prixacdn.net/media/gallery_folder/Foreign-Ministry_1.jpg-1_X2LmaIGEEw_jfccsgi0dw3vcsdd7leafszwdvclro67w8pfiiwxvsgaagemc0bc1whjgnw1_YuMOUOdkme_tuki0r46pq52rduhngmmbyjbdzql6mnptopverlkl5qqz2jdoxfrteihmz8t.jpg)
परराष्ट्रले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
![प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश](https://snowberry.prixacdn.net/media/gallery_folder/Oli.modi-png-768x422_3A4xDNf1Z1_v2mjxzq9zhev32unqzjyz36kxrzufw9ibdfwignsl4mqg62gwsxhzegnxsqy_zmMh9qF2BY_xr9sighayhr2iujkjgpvpgtug3iwcylozcci5tflcpfzhleegdyio9rqlgow.png)
प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश
![भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakdau-3_FW7WGGLnMm_ieiufuzu1bcux18tzz4wt2tsqgh7ia3bfdl1cym1mxfhuommp8hiyhaiafun_Nnb4SBSptN_vcikc5oxntmk1wlyzpvlmniss9xhfplkujnfmdw2u4le56nfe7wykzlbd5rf_wHgxwuTgM9_yiyi1f4xgby3cz5lguouqou5pjfqtouo1nbfasiwq734vmsgjzrk9fbcf6hb_uOyqw3AdTC_l8nraoetugv8twyfmp5y4hvohunutiqrzchgqo2azkryxubpajm5uoog9dnh_LG1yLxtgLo_rw0tja5ktm0k3925jkdgzb8ppef5zktsrsof2ydkdb3ni3es6u1wx6qd2afc_MsK0GSv3py_ts9ipy2n7cevoki480qfyfq7aeobxuhdedgtaqad12btfxsx92x8bbcczuwk_aEr1CGM7lL_oinqfw6ufmwklhx3lemdi7wo8km0ghgthuopjwir0v5tvkyhna0li2sjdvsm_zW7r7QXjfQ_rkrwytu0x8ki0bfagpwswclydaactlvmujuezdbp77olmejv6i9hx3i6ljv5_JwTxV3ORaS_rpoitox5suwe6abim8rgvzbdxypdq1wmgv0umnvl5npf35afwylt7nnuui01_BOc9IFXyRH_a5pr7dulcpasa4krcfredwlyxy3asoz2dlqnqcstaehmxxziorb6lenorwv6_aWN1XjnTby_fcsfwg2ylswn9mylo4ovmfjj19bdb4ekzisaodfeosvxrpz6nrkukfz2kx2l_JauDImGbRH_hvkbfajuebwxcwnav96aoxuf6f08jcohpds0fbhukhsiibuiopxj9kl3saxv_gmimAIILAB_drbkiv5latjlnmet63qpxfwv1wmcllusthkn9puhlcsibzjemxt19dybnbzf.jpg)
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ
![ढाकास्थित दूतावासले नेपालीलाई भन्यो- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु](https://snowberry.prixacdn.net/media/gallery_folder/Dhaka.jpg_ARrgV2ZfWd_cueywed8nkmdqipwmfxpnpgjp3irl5qyabiggskjidjkcaolgpdtd5fpoalg_YPT4312P2v_oyafpmlaajedenojiheouskra2wvd7ckgd9emp9hdgdvhztfkqrsql2vf8dw.jpg)
ढाकास्थित दूतावासले नेपालीलाई भन्यो- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु
![महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-26_wIMrYm3IyD_q2eckaluywdymnya8i4vgobmzvoyxr5u0zn6kx9bbtlwlu3kiisgdbo0j2az_j34IPJP4vg_bdy1xoiguuwwrjkj5jjxhyxqnwfyjakcgqblyevoopdjtaw7ssidz3pnuod9.jpg)
महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोज…
![मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना](https://snowberry.prixacdn.net/media/gallery_folder/Oli.png-7_o8Pfic0tPn_dlds4jxc4qxd9iehp75uxfkwu2k8u12htqi7tj1nbbhbevienh9ajm7jys1q_Fjqfqn7XL9_okyktwkup7oa6yf4ygvn1wv9o1iujadp5yofbjtfole0trnfjzmn5mg8vulm.png)
प्रतिक्रिया