इलामकाे माईखोलामा पाैडी खेल्दा पाँच बालक डुबे : दुईको मृत्यु, तीन जनाको उद्धार

इलाम । इलामको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । माईखोलामा पौडी खेल्ने क्रममा डुबेर माई नगरपालिका–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र ८ वर्षीय किस्मन आङदाम्बेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।

लिम्बूको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित