अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/PXL_20240411_112901795.jpg_18IRH3jive_4jwnluunnhkjozyoy4p4172djb5tuhqz39pkyi4bdsw7vrdtdab0edaql43f_hxh5mHjqPB_mhxzrfct2vrex8wrwwxhbnvnbbccbruyjd876h3iy5pwwepinvmseeavqxtq.jpg)
महोत्तरी / अवैधानिकरुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानियहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन ।
महोत्तरीको बर्दिवास नगरपालिका स्थित निर्माणधीन रेल्वे स्टेसनमा वुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा टिपरहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन ।
ना ६ ८०९६, ना १ क ५३२०, ना ६ ख ७५३६, ना १ क ७०६७, ना १ क ९५११ नम्बर प्लेटका टिपरहरुलाई रोकेर कागजपत्र माग्दा देखाउन नसकेपछि नियन्त्रणमा लिएर जिम्मा लगाएको स्थानीय निरज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका टिपरहरुको बिषयमा अनुसन्धान भईरहेको इलाका प्रशासन कार्यालय बर्दिवासले जनाएको छ । 'टिपरहरुको कागजपत्र नभएको र मापदण्डविपरित ओसारपसार गरिरहेको पाइएको छ ।' इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमन पोखरेलले भने । 'आज छुट्टी भएको हुनाले नगरपालिकालाई जिम्मा लगाउन पाइएन ।'
उक्त नदीजन्य पदार्थ काँहावाट उत्त्खनन गरिएको भन्ने समेत खुल्न सकेको छैन । पछिल्लो समय नगर क्षेत्रमा अवैधानिक उत्त्खनन भईरहेको वेला रेल्वेले समेत सोत नै पहिचान नगरी माल खरिद गर्नु गलत भएको भन्दै स्थानियहरुले विरोध गरेका छन ।
स्रोत पहिचान विना नदीजन्य पदार्थ विक्रीवितरण गर्न नपाईने व्यवस्था छ तर क्रसर व्यवसायीहरुले समेत स्टक प्रमाणीकरण नगरी निर्माणाधीन रेल्वे स्टेसनमा वेचिरहेको पाईएको छ । राजस्व छली गरेर खुलेआम नदीजन्य पदार्थ विक्रिवितरण हुदा पनि सरोकारवालाहरू मौन रहेको भन्दै स्थानियहरुले खवरदारी गरेका हुन ।
पछिल्लो दुई दिनमा मात्र ७ वटा मालवाहक टिपरलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही प्रक्रिया अगाडी वढाएको छ ।
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_Con4M9xNZt_1al2mjhl2k1idixnnqocplgift4pstd8tvamfdu2hggiumsaj5ivs5hvqbyl.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_9KL3NmzdrW_ewvb6yclgcqjtb4rdmrd3hifkpbknw1hubvow1az9lxi4cfolagmtvyiryky.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_BWNXa7WKk7_cmledj1ha99f8kkmnaszyjubtjsvtjpn0domjliocqs2tual3yndfpayilei.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_gC6BSmjm4R_n88exsiwzlepbn5mwubgyepwujndbhzfocaepcdw2nw2vz4tkivdqhd3drnm.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_qmcdapbOxu_6vsqmcs1fcapo8y32tnmo2kf9egvbkdpyzujhs3vwehbcxbjxpk5z4xhfnox.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_xiHT1YwwSz_xogqurhkhuutlozejr8ktlbg7qinlbt7kwxjztfm2wrwezclkil79hcen7vw.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_kp27q9g2M9_ws5g5yj9ncpurw5caioysj3lczjmhbhk5jyrrgfpyqzjybxluuavisau0jgg.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_JoeGFSFwGI_qf1za3zxqhmuyhskpenmfcadbfaw04t1p7l9icdopzhrfz16kkabila1l5qm.jpg)
प्रतिक्रिया