शाहरुख खानलाई हिट स्ट्रोक : अस्पताल भर्ना गरियाे

एजेन्सी । बलिउडका किङ्ग शाहरुख खान अस्पताल भर्ना भएका छन् । मङ्गलवार अहमदावादमा आईपीएल म्याच हेर्न गएका उनलाई हिट स्ट्रोक आएपछि अस्पताल भर्ना गरिएको हो ।

कोलकोत्ता नाइट राइडर्सका शेयरधनी समेत रहेका शाहरुख आफ्नो टिमको हौसला बढाउन छोराछोरीसहित अहमदावाद पुगेका थिए । जहाँ उनलाई हिट स्ट्रोक भएको थियो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्राको कमीले गर्दा उनलाई डिहाइड्रेसन भएपछि केडी अस्पतालमा भर्ना गरिएको थियो । कोलकोत्ताकी शेयरधनी रहेकी जुही चावला र शाहरुख खानकी पत्नी अस्पताल पुगेकी छिन् ।

शाहरुखलाई भेटे पछि जुही चावलाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै चिन्ताको विषय नरहेको बताइन् । उनले शाहरुखको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र उनी चाँडै स्वस्थ भएर फाइनल म्याचका लागि स्टेडियममै उपस्थित हुने पनि बताइन् । कोलकोत्ता नाइट राइडर्स जारी आईपीएलको फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि उसले सनराइजर्स हैदरावाद र राजस्थान रोयल्समध्येको विजेतासँग भिड्ने छ ।

प्रतिक्रिया

सम्बन्धित