एमाले सुनसरी अध्यक्षमा निलम खनाल निर्वाचित

इटहरी ।  नेकपा (एमाले) सुनसरीको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन ।खनालले ३८३ मत प्रप्त गरी विजयी भएका हुन । निकटतम प्रतिद्वन्दी खेमराज पोखरेललाइ ८६ मतान्तरले हराउदै खनाल निर्वाचित भएका हुन । पाेख्रेलले २८७ मत प्रप्त गरेका थिए । 

 एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि मतदान गरिएको थियो ।त्यस्तै खनालकै प्यानलबाट उपाध्यक्षमा पर्शुराम यादवले ३२९, सचिवमा राम कोइराला ३८८, इन्द्रकला राई ४३८ र उपसचिवमा यामकुमार सुब्बा ३८५ मत ल्याएर विजयी भएका छन । 

निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा नन्द बस्नेतले ३२९, सचिवमा पदमा लिम्बूले २७० मत ल्याए। उपसचिवमा देवानन्द मेहताले १९७ मत प्राप्त गरे । लेखा समिति र सदस्यहरुको मत परिमाण आउन बाँकी रहेको निर्वाचन सम्पर्क मञ्चका उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।  निर्वाचामा जम्मा मतदाता संख्या ७२७ जना रहेकोमा ६८१ मत खसेको थियो । 

प्रतिक्रिया

सम्बन्धित