भारतमा आठ दिनदेखि बेपत्ता बंगलादेशका सांसद शंकास्पद रुपमा मृत भेटिए
![](https://snowberry.prixacdn.net/media/gallery_folder/0909-1716381935_HsZYanFqJN_tzv449jxh0icnojl2periwwhifzu4ldcrwanbcojwwf3kvehgbwoof5vlpyh_EU5gASmbt5_xcida6pi95aufi2rnfbwz0weihyzhn3q1kzzkiyt8ywu9jdnj7pkghbazy6u.jpg)
एजेन्सी । भारतमा आठ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार कोलकाताको फ्ल्याटमा मृत फेला परेका छन् । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले कोलकाता प्रहरीलाई उद्धृत गर्दै यसको पुष्टि गरेका हुन् ।
कोलकाता प्रहरीले भने सांसद अनवरुलको शव न्यू टाउन क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेको बताएको छ । यस घटनामा प्रहरीले ३ बंगलादेशीलाई पक्राउ गरेको छ । साथै यसलाई पूर्व नियोजित हत्याको रुपमा व्याख्या गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए ।
भोलिपल्टै उनी बेपत्ता भएका थिए । उनको फोन समेत अफ भएको थियो । यसपछि १७ मे मा बिहारको कुनै इलाकामा उनको फोन केही समयको लागि स्विच अन भयो । प्रहरीका अनुसार उनको फोनबाट उनको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश पठाइएको थियो ।
अनवारुल अजिम अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन् । उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ सिटबाट चुनाव जितेका थिए । अनवरुलको मृत्यु हुनुअघि उनका परिवारका सदस्यहरूले शेख हसिनालाई भेटेर मद्दत मागेका थिए । बंगलादेशी दूतावास पनि प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र बंगलादेश सरकारले सम्पूर्ण मामिलाको प्रतिवेदन मागेको मिडिया रिपोर्टमा उल्लेख छ ।
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_yCgj0Lpe41_laj12w7xhywfbicws5ndq2bsrqflcfbbz1mnrcktuaevzdbtrhdqx4nkt7jr.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_LwT7Lz4gqJ_whoek8d7aly0yqfk7ypm2mnsdnjhuearzekfbiynd7pnussawypar3rchvqv.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_zSXe9qitSH_zxbisgxxv1ieabcvhx9tlap03q5uf3olgoqyra2jslfs4gsqoxmm88zjzi0o.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_ied4oPEwnh_1examdlyq3glz9wdgbkdpdywcbf7q00rufzwwu4al4pdajvnqyxclci4z9fl.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_fpwTGRXJ3b_bxat65hdkp0netnghkd2bur1qedsbmyjr4zbmkqprr5ql3jaggj5oj9oody8.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_oX3c3mE1ih_ybznpkkwld09qfgd3gzjhwbsjcjmcb1a3pv3m646lj6iy495je6qtabhmbjl.jpg)
इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो
ट्रम्पलाई गोली लागेका कारण सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले दिइन् राजी…
![सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान](https://snowberry.prixacdn.net/media/gallery_folder/Nirmala.png_ZEQFLlYfPn_9shr7i5aiiudty2mknfnrwroqvouxgrt8vukbdmpkxnxobzpoc5y39arwlv5_MwtKmtTBCM_tu6y8hxthaibv8pgt4qnppdqvxeyihy0h7cse8z5nhwkxlo6wbzamqw9tcqi.png)
प्रतिक्रिया