बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

इटहरी । सुनसरीको इटहरी ६ स्थित पिसजाेन आवासीय माध्यमिक विद्यालयमा  निर्वाचनको प्रकृियाबाट बिद्यार्थीहरूलाइ आवश्यक पर्ने कप्तान तथा उपकप्तानको छनौट गर्ने भएका छन् । ११ गते शुक्रबार विद्यालयले विद्यार्थीहरूबाट कप्तान तथा उपकप्तान छान्ने भएका हुन । 

विद्यार्थी नेतृत्व चयनकालागि हुने निर्वाचन प्रक्रिया अन्तरगत सम्पूर्ण तयारी पुरा भइसकेको पिसजाेन स्कुलले जनाएको छ ।  निर्वाचन भव्यताका साथ सम्पन्न गराउन विद्यालयले शिक्षक किरण कोइरालालाई निर्वाचन अधिकृत तोकेर सबै तयारी पुरा गरिसकेको जनाएको छ । 

नेतृत्वकाेलागि ५१ जनाको उम्मेदवारी परेको जनाइएको छ । जस मध्ये विभिन्न १२ पदका लागि चुनाव हुने र यसबाट विद्यार्थीले लिडर्शिपकाे अनुभव सँगै नेतृत्वको भावना जाग्ने विश्वास गरिएको विद्यालयका प्रधानाध्यापक केशव प्रसाद भट्टराईले बताए । चुनाव बिहान १०:३० बजे विद्यालय परिसरमा हुने  निर्वाचन अधिकृत राज कुमार साहले जानकारी दिए । निर्वाचनमा स्कुलका कक्षा १ देखि १० सममका बिद्यार्थीहरूले मतदान गर्ने जनाइएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित