सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकी दूतावासले दिएन भिसा
इटहरी । अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इण्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन जान अमे्रिकाको भिसा एप्लाई गरेका थिए ।
जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इण्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपमा सन्दीप लामिछानेले खेल्न नपाउने निश्चित भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिषा आवेदन अस्विकार गरेसँगै उनले नेपालबाट विश्वकप खेल्न नपाउने निश्चित भएको हो ।
प्रतिक्रिया