नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Store.jpg_rlDVhlLTPj_sbzwua2piugw3ggipqr6ypyupuqtdje95gqasoebzppqh4ozwzxlyou6wsln_gXsjsK3TUe_rcwh0hpobww1dri2ot9sgijgj5wnnn51qiypm34yax5n1bkksax2zv7ylman.jpg)
काठमाडौँ / नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने बताएका छन् । उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने बताए ।
नर्वेपछि अब आयरल्याण्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन सक्ने विश्वास गरिएको छ । यस निर्णयको विरोधमा इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ ।
नर्वेका प्रधानमन्त्री स्टोरले गाजामा जारी युद्धले शान्ति र स्थायित्व हासिल गर्न प्यालेस्टाइन समस्याको समाधान आवश्यक रहेको कुरा 'पूर्ण रूपमा स्पष्ट' गरेको बताएका छन् । उनले नर्वेले दुई राज्य समाधान इजरायलका लागि राम्रो हुने विश्वास व्यक्त गरे ।
स्टोरले यो कदमले अन्य देशहरूलाई पनि त्यही बाटो पछ्याउन 'बलियो सन्देश' पठाउने बताएका छन् । यो निर्णय लगत्तै इजरायलले वार्ताका लागि आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई तुरुन्त फिर्ता बोलाउने बताएको छ ।
इजरायलका विदेशमन्त्री इजरायल काइट्जले ट्विट गर्दै भने, 'मैले आयरल्यान्ड र नर्वेलाई स्पष्ट सन्देश पठाइरहेको छु । इजरायलको सार्वभौमसत्तामा आँच पुर्याउने र यसको सुरक्षालाई खतरामा पार्नेहरूका सामु झुक्ने छैन । चुप लागेर बस्ने छैन । यदि स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएको छ भने, तिनीहरू विरुद्ध कदम चालिनेछ ।
इजरायली विदेशमन्त्रीले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने निर्णयले विश्वलाई 'आतंकवादलाई इनाम दिइन्छ' भन्ने सन्देश दिएको पनि बताएका छन् ।
![भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/canada-aaglagi_NTYr0r4CcI_2tyaieqima07dmqcj4fr9mhrnx4n0agbfc8tzosukkds70oexrhruesrartg_H2crBsZFlJ_bdwnachbzpgf41be6kedqmtczrfqb7guh9fssogv2ywskszdaw8d4iukg7tl.jpg)
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_q5eW4sOqSc_r3jejtgtydxm4zyor8cl0b4gpddop6iun9bk0s9f2bycaq4rhdwk2cobc7wk.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_bJnROxyRwn_bo7fgfeywnhbvg6vpvmvazatxajkacbget4w1qehnc6ahpoaj0qmoskdiftg.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_PbTzRaWGXy_hk4x3tdfkfaxihin4bkvcnzzel5ywplbbm3ekjyftza6d308ilypp2wnpfhd.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_tJUFd5CHhi_menyisuinyggdjhmszllu8c3clxdtt3fb7sl7c5ldwzo2b6wbqtp58hv8l8f.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_g6NIxiS3lW_bdpauonrx8yz4obfvktaviqyrfehg3ugrgej4ab3ctzmajkdsjnlhofooe1x.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_oX3c3mE1ih_ybznpkkwld09qfgd3gzjhwbsjcjmcb1a3pv3m646lj6iy495je6qtabhmbjl.jpg)
प्रतिक्रिया