चीनसँग जोडिएको संखुवासभाको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kimathanka_vOAZZx89WK_6dxpg9h3wor4gvze5xa5tyf1wnz3tskkhj60iyurc2cndwje2cynscsr3xgd_ehFO7rpjdc_nlwccudxdogtmldsu7kwme529x6muiyfqjzdaxbbojbrrjnuq6dyhalkyf9u.jpg)
संखुवासभा । चीनसँग जोडिएको संखुवासभाको किमाथाङ्का नाका आउँदो शनिवारदेखि खुला हुने भएको छ । उत्तरी क्षेत्र चीनसँगको किमाथाङ्का नाका यही जेठ १२ गतेदेखि खुल्ने भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । संखुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले पनि किमाथाङ्का नाका खुल्ने जानकारी प्राप्त भएको पुष्टि गरे ।
सरकारको पटक–पटकको आग्रहपछि चीन सरकारको औपचारिक रुपमा नाका खुलाउन लागेको हो । कोरोना संक्रमण जोखिमका कारण चीन सरकारले २०७६ साल माघ ५ गतेदेखि किमाथाङ्का नाका बन्द गरेको थियो । त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ । त्यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए ।
विराटनगरको रानी भन्सार नाका हुँदै संखुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ । उत्तरी क्षेत्रमा २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तत्कालीन द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारीमा रहेको छ ।
भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरणको काम सकिएको अध्यक्ष भोटेले बताए । किमाथाङ्का बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो । झण्डै ६ हजार संख्यामा बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_BunLx3Io5F_vgotxue8ur0im87xjjinkunrdd8toquvi9v5uz2cexzz9toepmdoehqrsylw.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_3GDn38lW2p_b0ejvlnat2pzqn5atqds2mtyihdj72ckdwk4ebv4tocgumykiomwhexqfcss.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_M4lISD36tI_xgtmmrazv6qdmy869uzc4g51odevbclc2yz29zc0qt61b0qdtvv606kbdsoj.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_PUr1dcfLDB_g4ucdqsbdam47ndkoedutzhf4wwbr0yg61qyo3lbxxsqpwqshdhdrnlgumtd.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_0qliN7PErb_prv1lfb506wuhkdd8qa1bgynby3lseozoos2widq05hriwcdxdgfj83fgghs.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_62sPpNnfhY_jry8zv7agk0byxk5kltx753avhqz18sjiluljoz39xwfyaeef4knflzyhc49.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_CMYiL6ZQZ0_kijxfdtt6qbwsaja5fh9kaj7yhqvdg2hetuvrosq0uxbd26nprshyostisjh.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_zcoihADc8I_1ytplpkqp7fokk6vdmvn6sk9ofr6wr7dyzxb7aznmdddaqklpchdwr2pzojn.jpg)
प्रतिक्रिया