दाङमा वडाध्यक्षमाथि बाबाजीले गरे त्रिशुल प्रहार : अनुशन्धानमा जुट्याे प्रहरी

दाङ । दाङमा वडाध्यक्षमाथि त्रिशुल प्रहार भएको छ । राजपुर गाउँपालिका–५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार अपराह्न साढे ४ बजे एक युवकले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन् ।

त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते भएका छन् । उनलाई मंगलबार लमही अस्पताल पुर्‍याइएको थियो । त्यहाँ सामान्य उपचारपश्चात घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार वडाध्यक्ष विष्टको दाहिने कोखामा त्रिशुल प्रहार भएको हो ।

उनीमाथि त्रिशुल प्रहार गर्ने राजपुर–६ खयर भट्टीका २० वर्षीय विजय नेपालीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । पक्राउ परेका युवकले आफूलाई साधु दाबी गरेको प्रहरीले जनाएको छ । उनी ४-५ महिनायता बाबकुटी जंगलमा बस्दै आइरहेको पनि प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित