कैलाश सिरोहियालाई प्रहरीले सूर्यविनायक सम्म हिडाएर लग्याे त्यसपछि गाडीमा चढाइयो

काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेर धनुषा लगिरहेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साँझ थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेर धनुषा लगिरहेको हो।

कार्यालयबाट पक्राउ गरेर आफ्नै गाडीमा चालकसहित लगिएका सिरोहियालाई भक्तपुरको सूर्यविनायक पुर्‍याएर प्रहरीको गाडीमा चढाइएको छ।सिरोहियालाई लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीको कमान्डमा टोली गएको छ। स्थानीय प्रहरीको पनि स्कर्टिङमा बीपी राजमार्गबाट धनुषातर्फ लगिरहेको छ।

गत वैशाख १७ गते सिरोहियाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा जाहेरी परेको थियो। उनले फरक फरक नागरिकता नम्बर प्रयोग गरेको र उनीसँग भएको नागरिकता नम्बर अर्का व्यक्तिसँग पनि मेल खाएको प्रहरीको भनाई छ।

सोही कसुरमा जिल्ला अदालत धनुषाले उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो। अदालतले पक्राउ पूर्जी जारी गरेलगतै प्रहरी टोली कार्यालयमै गएर पक्राउ गरेको हो। पक्राउपछि सिरोहियाले भने आफूमाथि गृहमन्त्री रवि लामिछानेले रिसिइवी साँधेको आरोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित