‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Pal_1.jpg_qUhxKgwhBS_mjn8fvo1stdfl5tjmm42p1snn4ioodxug08s0uahcdobf4hwan58kfrv1jta_w6HSHmkJNj_ginljtm98n49xf1jtjzntbuwguyznjbbkmawjrp0wg9kpgx8pzkams2iag9y.jpg)
काठमाडौँ / फिल्म ‘पूजार सार्की’ मा अभिनेता पल शाहको नयाँ लुक्स सार्बजनिक गरिएको छ । फिल्ममा उनको जातीय विभेदविरुद्ध संघर्ष गर्ने पात्रको भूमिका निभाएका छन् । यसअघि सार्वजनिक बन्दुक बोकेको लुक्समा देखिएका पलको नयाँ लुक्समा फुलेको दार्हीसहितको गेटअपमा देखिएका छन् ।
पलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा उनको कपाल र दाह्री सेत्तै फुलेको छ । आँखामा चश्मा छ । शिरमा ढाका टोपी र स्टकोट लगाएका उनलाई प्रहरीहरुले समातेका छन् । टिजर र ट्रेलरमा जवान देखिएका उनलाई वृद्ध अवस्थामा पनि फिल्ममा देख्न सकिने यी तस्वीरहरुबाट बुझ्न सकिन्छ ।
पलले प्रहरीसँग मुठभेडको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो करिअरमा महत्त्वपूर्ण फिल्म ‘पूजार सार्की’ सावित हुनेमा ढुक्क छु । आज मैले फिल्ममा मेरो अभिनयबाट यो तस्वीर सार्वजनिक गरेको छु । यसबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्वीरलाई लिएर देखाउनुभएको प्रेम अतुलनीय छ ।’
यही बिहीबार अर्थात् बुद्ध जयन्तीबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा पलका साथै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिकामा छन् । दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुभाष भुसालले निर्माण गरेका हुन् । सोमबारबाट फिल्मको मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_K1FJbPEy9A_4feprc6mjj7uvpdpcnctyfvboxsfocqv13ap7apfnci6uimmo3gojcqz1qpb.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_MxrDsNfLuo_qr2klvv2o8tjwqvslqsvghwtl4j2dwkmiq4naijghccdcjtcmjlt2uhpar86.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_axbXEs3hLg_yzshhen9ktnsjhq9carv2hrm3tgusc1kgtbjlqch2nnnyeeo5ry3r14sospa.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_yq8OsGh3PC_qz1koutnjvczrafqok5lcj8lc1ad79i0azvecihuuxm9ws8zaruapzigamzv.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_zVq6hKqcZh_f6pq8m5jevqbwetedlzp8yvgg4n3q7o3mi05m9jvg7wnzefvuzecqwu3vvmu.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_pXHXT7KVHS_djzp2gky5ewrucxkctia8wcbj0jvafpkypgartvdfli5kpxxncspdryjaemj.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_GOc6E8UOiT_krsjbqllk8jlobkcyezzbwouzivfsnbrilcjovfeuwwrboczbretsk1czvz5.jpg)
प्रतिक्रिया