कागेश्वरी महादेवमा श्रद्धालुको घुइचाे , जहा दर्शन गरे मात्रै मनाेकामना पुरा हुने विश्वास गरिन्छ

काठमाडौँ । काठमाडौँको उत्तरपुर्वी कागेश्वरी मनहरा नगरपालिका-१ मा अवस्थित कागेश्वरी महादेवमा पछिल्लाे समय भक्तजनहरूकाे घुइचाे लाग्ने गरेकाे छ । वर्षमा एक पटक भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने यस तीर्थस्थलमा हजारौँ दर्शनार्थीहरु दर्शन गर्न आउँने गर्दछन । त्यस अलवा यस स्थानमा बिभिन्न मनाेकामनाहरू बाेकेर दर्शन गर्ने आउँने तिर्थालुकाे पनि भिड बढदाे छ । 

कागले मान्छेलाई छुँदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ ।

यस्तो छ किंवदन्ती 
परापूर्व कालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यसै बेलादेखि यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको हो ।

रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल ल्याई कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छासमेत पूरा हुने जनविश्वास रहिआएको छ । सत्ययुगमा यस स्थानमा सती देवीको अङ्ग पतन भएर कागेश्वरी महादेवको शिवलिङ्ग उत्पन्न भएको हो भन्ने विभिन्न शास्त्रमा समेत उल्लेख गरिएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित