इटहरी हाेटल व्यवसायी सङ्घमा पराजुली र उपाध्यायको रजगज

कार्वाहि फुकुवा नगरे अदालत जाने चेतावनी : चेकमा हस्ताक्षर नगर्दा कोषाध्यक्ष बर्खास्त

इटहरी । सुनसरीको इटहरी स्थित हाेटल व्यवसायी सङ्घमा नेतृत्वको लडाइ चल्दा संस्था नै लथालिङ्ग बनेको छ । संस्थाको विधान विपरीत कार्यवाहकको जिम्मेवार पाएका ब्याक्तीले नीति विपरीत सङ्घका उपाध्यक्ष सहित ५ जना पदाधिकारीलाई निलम्बन गरेपछि विवाद उग्र बनेको हो । निलम्बनमा परेकाहरूले सोमबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै  गल्ती नसच्याए अदालत जाने चेतावनी दिएका छन् ।

संघकाअध्यक्ष जीवन पराजुली उद्योग वाणिज्य सङ्घमा निर्वाचित भएर गएपछि हाेटल व्यवसायीमा विधान विपरीत महासचिव जय प्रसाद उपाध्याय पौडेललाई कार्यवाहकको जिम्मेवार दिएका थिए ।   सङ्घको विधानमा कुनै कारण वश अध्यक्षले संस्था छाड्नुपरे उपाध्यक्षलाई जिम्मेवार दिएर कार्यभार सुम्पनु पर्ने उल्लेख गरिएको छ । तर पराजुलीले इटहरी हाेटल व्यवसायी सङ्घमा तीन जना उपाध्यक्ष हुँदा हुँदै महासचिवलाई कार्यवाहक बनाएपछि विवाद उग्र बनेको हो । 

पराजुलीले निजी स्वार्थका लागि इटहरीमा हाेटलै नभएका गैर ब्याक्तीलाइ आफै महासचिव बनाएर कार्यवाहकको जिम्मेवार दिई विवाद बढाएको सङ्घ भित्रैका पदाधिकारीहरूले आरोप लगाएका छन् ।  पटक पटक गल्ती सच्याउन आग्रह गर्दा नेतृत्व पक्षले उल्टै कार्वाहि स्वरूप सङ्घबाट निष्कासन गरेको हाेटल व्यवसायी सङ्घ इटहरीका उपाध्यक्ष प्रकास महतोले बताए । उनले गल्ती नसच्याए आफूहरू अदालत जाने चेतावनी समेत दिएका छन् । पराजुलीकै  कारण इटहरीमा हाेटल व्यवसाय केही वर्ष अघि टुक्रिएको बताउँदै उनलाई सच्चिन आग्रह गरेका छन् ।

पराजुलीले सङ्घ भित्र एकलौटी नेतृत्व हडप्न खोजेपछि २०७८ असारमा असन्तुष्ट पक्षहरू विभाजन भई हाेटल तथा लज व्यवसायी सङ्घ गठन गरेका थिए । जसको नेतृत्व  उमेश दाहालले गर्दै आएका छन् । सङ्घले इटहरीका व्यवसायीहरू जिल्लामा समाहित भएको भन्दै उपाध्यक्ष महतो सहित कोषाध्यक्ष बाबुराम गिरी , सदस्यहरू कृष्ण पराजुली , गोपाल गिरी ,कृष्ण निरौलालाई चैत्र २७ गते कार्वाहि गर्दै साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो । 

कुनै पदाधिकारीहरूलाई निलम्बन वा कार्वाहि गर्नुपर्दा कार्यसमितिभित्र छलफल तथा बैठक बसेर मात्र गर्नुपर्नेमा अध्यक्ष जीवन पराजुलिकाे नाङ्गो हस्तक्षेपमा षडयन्त्रपूर्ण ढङ्गबाट आफूहरूलाई निष्कासन गरिएको सङ्घका कोषाध्यक्ष बाबुराम गिरीले बताए ।कार्वाहिमा परेका मध्ये महतो सङ्घ भित्रका  आजीवन सदस्य समेत हुन । स्वर्गीय पिता हिरा महतोले २०३४ सालमा इटहरी भित्र हाेटल व्यवसायीहरूलाई सङ्गठित बनाउँदै हाेटल व्यवसायी समिति गठन गरेका थिए । पछि समितिलाई नै सङ्घ बनाएर इटहरीमा काम थालनी गरिएको थियो । प्रकाश त्यो बेला देखि नै सङ्घमा सक्रिय सदस्य भई २०७५ देखि उपाध्यक्षमा निर्वाचित भएर काम गर्दै आइरहेका छन् । 

उनीहरूले सोमबार पत्रकार सम्मेलन गर्दै सङ्घको कार्वाहिलाइ अवैधानिक र नीति विपरीत भनेका छन् । २१ जनाको कार्य समिति रहेको सङ्घमा ५ जनाले हस्ताक्षर गरेकै भरमा आफूहरू निलम्बनमा नपर्ने अडान राखेका छन् । गल्ती सच्याउन नेतृत्वलाई आग्रह गरिसकिएको छ नसच्चिए ४८ घण्टामा अदालत जाने उपाध्यक्ष सहित कोषाध्यक्ष र सदस्यहरूको भनाइ छ । 

 सङ्घका उपाध्यक्ष सहित ५ जनालाई कार्वाहि गरेको  सूचना पदाधिकारीहरूलाई थाहै नभएको र यो सब पराजुलीकै ग्रान्ड डिजाइनमा भइरहेको सङ्घ भित्रकै महिला उपाध्यक्ष पुनम थापा मगरले बताइन । उनले  विधानमा महासचिव पद नै नरहेको पनि उल्लेख गरिन । संस्थाको विधानमा महासचिव पद नै नरहेको र विधान परिवर्तन सहित पद थप गरी गोजीको मान्छेलाई अध्यक्ष पराजुलीले  उपाध्यायलाई कार्यवाहकको जिम्मेवार दिएको महिला उपाध्यक्ष मगरको भनाइ छ । 

रकम अपचलनको आरोप 

हाेटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली र महासचिव तथा कार्यवाहक अध्यक्ष जयनारायण उपाध्यायले सङ्घको बजेट समेत हिनामिना गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् । सङ्घले विभिन्न समयमा गरेको कार्यक्रमहरूको पारदर्शी हिसाब किताब सार्वजनिक नगरेको असन्तुष्ट पक्षको आरोप छ । साधारण सभा तथा वनभोज लगायत स्वास्थ्य शिविरहरूमा भएको खर्च एवम् विभिन्न समयमा दाताहरूबाट सङ्कलन गरिएको रकमको कुनै हिसाब किताब नरहेको उनीहरूको आरोप छ । पराजुली लगायत वर्तमान पदाधिकारीहरू सँग पटक पटक हिसाब किताब सार्वजनिकको माग गर्दा अहिले अरू पोल खोलिने डरले कार्वाहिकाे बहाना बनाएको हाेटल व्यवसायी सङ्घ इटहरीका सदस्य कृष्ण पराजुलीले बताए । 

चेकमा हस्ताक्षर नगर्दा कोषाध्यक्ष बर्खास्त

यता कार्वाहिमा परेका मध्ये हाेटल व्यवसायी सङ्घ इटहरीका कोषाध्यक्ष बाबुराम गिरिले भने फजुल खर्चका भुक्तानिकालागि चेकमा हस्ताक्षर नगर्दा आफूलाई कार्वाहि गरेको बताएका छन् । 

अहिलेको कार्यवाहक अध्यक्ष भनिने जय प्रसाद उपाध्यायको इलामको श्री अन्तुमा धुपी कटेज हाेटल रहेको र सोही हाेटल उदघाटनकाे बेला भएको खर्चहरू इटहरीको सङ्घबाट भुक्तानी गर्नुपर्ने भन्दै चेकमा हस्ताक्षर गराउन दबाब दिएको बेला आफूले नमानेको र त्यसेको बदला लिन कार्वाहि गरेको कोषाध्यक्ष गिरिको आरोप छ । उनले इलाममा भएको खर्चेका विवरण र भुक्तानी सञ्चालक समितिबाट पास भएर आए मात्रै चेकमा हस्ताक्षर गर्ने नत्र नगर्ने अडानमा बसेका थिए । सङ्घका पराजुली र महासचिव तथा कार्यवाहक उपाध्यायले पटक पटक दबाब दिँदा पनि आफूले अडान नछाेडेपछि अहिले कार्वाहिमा परेको कोषाध्यक्ष गिरिको भनाइ छ । 

यता यस विषयमा हाेटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुली सँग सम्पर्क गर्दा उनले आफू सङ्घमा आबद्ध नरहेको र सबै जिम्मेवार कार्यवाहकलाई दिएको बताउँदै सबै कुरा उतै सोध्नु भन्दै पन्छिएका छन् । त्यस्तै कार्यवाहक अध्यक्ष जयनारायण उपाध्याय सँग सम्पर्क गर्दा उनले कार्य समितिकै निर्णय बमोजिम उहाहरूलाइ नियम सङ्गत कार्वाहि गरेको बताए । उनले इटहरीमा हाेटल व्यवसायी सङ्घ हुँदा हुँदै जिल्लाको सङ्घमा आबद्ध भएको कारण कार्वाहि गरेको उल्लेख गरे । 

प्रतिक्रिया

सम्बन्धित