इटहरी पण्डीत हत्या प्रकरण : बैशाख २१ मै बनेकाे थियाे मार्ने याेजना

साहुबाट ऋण पान गरे : दुबई उड्न नपाइ इटहरीमै अस्ताए

इटहरी । इटहरीमा २८ वर्षीय युवकको हत्यामा संलग्न एक सिटी सफारी चालकलाई पक्राउ पछि आइतबार सार्वजनिक गरिएको छ । गत शनिवार इटहरी ७ राम जानकी चौकमा २८ वर्षीय युवक स्थानीय भीम भनिने रामकुमार पण्डितको खुकुरी प्रहारबाट बीभत्स हत्या भएको थियो । हत्यामा संलग्न इटहरी ७ कै उमेश चौधरिलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । दैनिक ज्यालादारी गरेर परिवारको पेट पाल्दै आएका पण्डितलाई शनिवार इटहरी ७ मा बाटो छेकेर खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इटहरी प्रहरीका अनुसार शनिवार काम सकेर घर फर्किँदै गर्दा पण्डितको साइकल र चौधरीको सफारी ठोक्किन खोजेको थियो । त्यसैमा भनाभन हुँदा हुँदै चौधरीले खुकुरी निकालेर घाटीमा प्रहार गर्दा पण्डितको घटनास्थलमै मृत्यु भएको हो । इटहरी प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीका अनुसार यस अघि पनि दुवै जना बिच गाउँमै झगडा भइसकेको बुझिएको छ । चौधरीले प्रयोग गरेको इटहरी उपमहानगरपालिका ००१ ह ०३५ नम्बर सिटी सफारी र पण्डितले प्रयोग गरेको साइकल एक आपसमा ठोकिन् खोजेपछि सामान्य भनाभन भएको र विवाद बढेपछि चौधरीले खुकुरी प्रहार गरेको देखिएको इटहरी प्रहरीको भनाइ छ ।

इटहरी ७ का स्थानीय सङ्गीता चौधरीको अनुसार गत वैशाख १७ गते पनि पण्डित माथि चौधरिले रट प्रहार गरी घाइते बनाएका थिए । मारेरै छोड्छु भन्दै थियो आखिर त्यही भयो चौधरीले भनिन । चौधरी र पण्डित एकै गाउँका छिमेकी हुन । ज्याला मजदुरी गर्दै आएका रामकुमार यही बुधवार दुबई उड्ने तयारीमा जुटेका थिए । जसो तसो साहुबाट ऋणपान गरेर दुबई उड्न तयार रहेका पण्डितको शनिवार हत्या भएको खबर पाए लगत्तै परिवार शोकमा डुबेको छ । हत्यामा संलग्न चौधरिलाई कडा भन्दा कडा कार्वाहि हुनुपर्ने पीडित परिवारको माग छ । मृतक भीम भनिने रामकुमारको ६ वर्षका छोरा र नौ महिने काखे छोरी रहेकी छिन ।

विदेश गएर धन कमाइ सुखका साथ परिवार पाल्ने सपना बोकेका पण्डित शनिवार इटहरीमै अस्ताए पछि सिङ्गो गाउँ शोकमा डुबेको छ ।यता प्रहरी नियन्त्रणमा रहेका चौधरी बिरूद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित