एमाले सुनसरी अधिवेशनमा कुटाकुट : अध्यक्ष भण्डारीले हातापाइ गरेकाे प्रा.डा. पाेख्रेलकाे आराेप

सहमति नभएपछि निर्वाचनको तयारी

इटहरी । नेकपा एमाले सुनसरीमा नेतृत्व चयनको विषयलाई लिएर आइतबार कुटाकुट भएको छ । एमाले सुनसरी अध्यक्ष रेवती रमण भण्डारीले प्रा.डा .बद्री विशाल पोख्रेलमाथि हात पात गरेका हुन ।

जिल्लाको प्रतिवेदन पेस गर्ने क्रममा विवाद बढेपछि स्थिति तनावपूर्ण बनेको थियो । एमाले पार्टीमा रहेर पार्टीकै हित विपरीत लागेको भन्दै पोख्रेललाई कार्वाहि गर्न भण्डारीले माग गरेका थिए ।

प्रतिवेदनमा नामै किटान गरेर कार्वाहि गर्न भनेपछि जवाफ माग्ने क्रममा प्रा.डा पोख्रेलमाथि भण्डारीले हातपात गरेको प्रत्यक्षदर्शी एमाले प्रतिनिधिहरूले बताएका छन् ।

भण्डारीले पेस गरेको प्रतिवेदनमा आफूलाई अराजक सम्म भनेपछि त्यस्काे जवाफ माग्दा मुक्का प्रहार भएको पीडित पोख्रेलले बताए ।   मुक्का छल्दा भण्डारीले हातमा लगाएको घडीले आफ्नो हात काटेको पोख्रेलले बताए । हातमा लागेको चोट देखाउँदै प्रा.डा .पोख्रेलले भने जवाफ माग्दा कुटपिट गर्ने यो कस्तो पार्टी हो ? पोख्रेलको हातमा चोट लागेर रगत बगेको छ ।

प्रतिवेदनमा स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पाटी उम्मेदवार विरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्ने भनी नामै तोकेर वाचन गरेपछि विवाद बढेको हो । सामान्य विवाद मात्र भएको तर आफूले हाता पाइ नगरेको एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले बताए ।  इटहरीको लायन्स भवनमा एमालेको आठौँ जिल्ला अधिवेशन चलिरहेको छ ।

शनिवार उद्घाटन भएको अधिवेशनले नेतृत्वमा कुनै सहमति जुटाउन नसकेपछि आइतबार देखि निर्वाचन प्रक्रिया थालिएको छ । एमाले सुनसरीमा नेतृत्वको लागि   निलम खनाल र खेमराज पोख्रेल चुनावी मैदानमा उत्रिएका छन् ।अध्यक्षको आकाङ्क्षी पोख्रेल एमाले भित्र प्रभावशाली नेताको रूपमा उदयमान छन् भने खनाल संस्थापन पक्षका बलियो दाबेदार मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित