बेबीलाेनका विद्यार्थीले निर्वाचनबाट छाने विद्यालयको कप्तान उपकप्तान (फाेटाे फिचर )

इटहरी । सुनसरीको इटहरीस्थित बेबीलाेन सेकेन्डरी बाेर्डिङ स्कुलका विद्यार्थीहरूले निर्वाचनको प्रकृियाबाट स्कुलको कप्तान तथा उपकप्तान छनौट गरेका छन् ।विद्यार्थीहरूले स्कुलकालागि कप्तान , उपकप्तान ,  हेड बाेइ , हेड गर्ल , हाउस बाेइज , हाउस गर्ल लगायतका १६ जना उम्मेद्वार छान्न निर्वाचन पद्धति अपनाएका हुन । 

विद्यार्थीहरूलाई किताबको ज्ञान सँगै व्यवहारिक ज्ञान दिलाउन निर्वाचन प्रक्रिया बारे जानकारी गराउँदै छोटो अभ्यास मार्फत स्कुलमा आवश्यक मनिटरको छनौट गरिएको हो । कक्षा ४ देखि १० सम्म करिब ४०० बिद्यार्थिहरूले निर्वाचन मार्फत आफूलाई मन पर्ने मनिटर तथा स्कुल हेडबाेइ र हेड गर्ल छनौट गरेका हुन ।

निर्वाचन हुँदा के कस्ता सामग्रीहरू प्रयोग गर्छन् उनीहरूको विधि र कार्य विवरण सहित अभ्यास स्वरूप यो कार्यक्रम गरिएको बेबीलाेन स्कुलले जनाएको छ ।   निर्वाचनमा जे हुन्छन् त्यस्तै यहापनि बिद्यार्थिहरूलाइ अभ्यास गराइएको स्कुलले जनाएको छ ।

निर्वाचनमा सकुलका बिद्यार्थिहरूकाे स्वतफुर्त उपस्थिति रहेको थियो । निर्वाचन सकिएपछि  उम्मेद्वार सबैकाे उपस्थितीमा मतगणना सुरू गरिने स्कुलले जनाएकाे छ । स्कुलकालागि कप्तान तथा उपकप्तान छनाैट गर्न निर्वाचन समिती नै गठन गरेर प्रकृिया अनुसार निर्वाचन गराइएकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित