इटहरीकाे रामजानकी चाैकमा खुकुरी प्रहारबाट छिमेकी युवककाे हत्या ,आराेपित चाैधरी पक्राउ

इटहरी । सुनसरीकाे इटहरी ७ रामजानकी टाेलमा शनीबार दिउसाे खुकुरी प्रहारबाट एक युवककाे हत्या भएकाे छ । इटहरी ७ का २५ वर्षीय भीम पण्डितको हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

साइकलमा सवार पण्डितलाइ सिटि सफारीमा आएका स्थानीय उमेश चौधरीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएकाे छ । खुकुरी प्रहारबाट पण्डितकाे घटनास्थलमै मृत्यु भएकाे र हत्यामा संलग्न चाैधरीलाइ तत्काल पक्राउ गरि थप अनुशन्धान अघि बढाइएकाे इटहरी प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित