हङकङ र सिंगापुरपछि नेपालले पनि रोक लगायो भारतीय ब्रान्डका यी ४ मसला

हङकङ र सिंगापुर भन्छन् : ती मसलामा क्यान्सर गराउन सक्ने पदार्थ भेटियो

एजेन्सी । हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएका भारतीय ब्रान्डका चार मसला आयातमा नेपालले पनि रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार भारतका दुई ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसला आयात तथा बिक्री वितरण रोकिएको हो। 

यसअघि हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भनी आयातमा रोक लगाइसकेका छन् भने अमेरिकाले समेत यस विषयमा अनुसन्धान गरिरहेको छ। 

नेपालले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो। 

ती मसला बजारमा बाँकी छन् भने तिनलाई समेत फिर्ता गर्न आयातकर्तालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ। 

अनुसन्धानकर्ताका अनुसार ‘एथलिन अक्साइड’ मानिसमा क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ हो। यसले स्तन क्यान्सरलगायत विभिन्न क्यान्सर गराउन सक्छ।

प्रतिक्रिया

सम्बन्धित

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

तपाइ कतिकाे स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट यसरी पत्ता लगाउन सकिन्छ

तपाइ कतिकाे स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट यसरी पत्ता लगाउन सकिन्छ

यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण

यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण

महिला प्रमुखले नेतृत्व गरेको नेपालकै दोस्रो ठूलो भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

महिला प्रमुखले नेतृत्व गरेको नेपालकै दोस्रो ठूलो भक्तपुर अस्पताल बन्यो देशभरकै…

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारला…

गर्मीमा छालालाई कसरी जोगाउँने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ? जानी राखे राम्राे

गर्मीमा छालालाई कसरी जोगाउँने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ? जानी राखे राम्राे

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने