कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pn_bYBEyKGNlQ_wpg9yfi3j4j6ppk8n2isoqbkwkundhovwebhuyqefdtwksllggswdcssc8pt_62ssf39hYF_endzzopi8cp9bzctoejdifnspoqydxmzf8idrl0xum3ny3qyh5ypgq8c7iol.jpg)
काठमाडौँ । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् ।
अध्ययन प्रतिवेदनका अनुसार ठूलो संख्यामा युवा जनसङ्ख्या कलेजोको क्यान्सरजस्ता घातक समस्याको सिकार हुने गरेको छ । यो क्यान्सरका लक्षण समयमै पत्ता लागे र उपचार गर्न सके यो रोगको गम्भीर रुप र मृत्युदर घटाउन सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् । कलेजोको क्यान्सरका केही लक्षणहरू धेरै अप्रत्याशित हुन्छन् र प्रायः मानिसहरूले बेवास्ता गर्छन्। आउनुहोस् जानौं कलेजोको क्यान्सर कसरी पहिचान गर्न सकिन्छ ?
कलेजो क्यान्सर समस्या
कलेजोको क्यान्सर कसरी पहिचान गर्ने भनेर जान्न अघि, यो अंगमा हुने क्यान्सरको बारेमा जान्न महत्त्वपूर्ण छ । कलेजोमा धेरै प्रकारको क्यान्सर हुन सक्छ, जसमध्ये सबैभन्दा सामान्य हेपाटोसेलुलर कार्सिनोमा हो, जुन मुख्य रूपमा कलेजोको कोशिकाहरू (हेपाटोसाइट्स) मा सुरु हुन्छ । कलेजोको क्यान्सरबाट पीडित धेरैलाई सुरुमा कुनै लक्षण नदेखिने चिकित्सकहरू बताउछन् । तर, समयसँगै क्यान्सर बढ्दै जाँदा लक्षणहरू पनि गम्भीर हुँदै जान्छन् ।
पेटमा समस्या
कलेजो रोग र क्यान्सरको प्रारम्भिक लक्षण पेटमा असुविधाको रूपमा देखा पर्छन् । यसमा, पेटको दाहिने भागमा दुखाइ सबैभन्दा सामान्य छ । सामान्यतया यस प्रकारको दुखाइ ग्यासको कारण मानिन्छ । पेट दुख्नुका साथै पेट फुल्ने र बारम्बार बान्ता हुने र वाकवाकी लाग्ने समस्या भइरहने हो भने यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी हुन्छ । यो क्यान्सरको लक्षण पनि हुन सक्छ ।
जन्डिसको समस्या
बारम्बार जन्डिस हुनु कलेजोको रोग र क्यान्सरको सामान्य लक्षण हुन सक्छ । रगतमा बिलिरुबिनको मात्रा बढी हुँदा जन्डिस हुन्छ । यसमा आँखाको छाला र सेतो भाग पहेँलो देखिन थाल्छ । कलेजोले राम्रोसँग काम नगर्दा यस्तो समस्या हुने चिकित्सकहरू बताउँछन् । यदि तपाईलाई पनि बारम्बार जण्डिस भइरहेको छ भने त्यसमा गम्भीर ध्यान दिनु जरुरी छ ।
कलेजोको क्यान्सरका अन्य लक्षण
कलेजोको क्यान्सरका धेरैजसो लक्षणहरू अन्य धेरै पेटसम्बन्धी समस्याहरूसँग मिल्दोजुल्दो हुन्छन्, जसका कारण मानिसहरूलाई पहिचान गर्न गाह्रो हुन्छ । पेटको समस्या र जण्डिसका अलावा कलेजोको यो गम्भीर रोगलाई अन्य केही लक्षणहरूमा ध्यान दिएर पनि पत्ता लगाउन सकिन्छ । जस्तै प्रयास बिना वजन कम हुनु, भोक नलाग्नु, बारम्बार कमजोरी हुनु, बारम्बार वान्ता हुनु वा हुन खोज्नु, कमजोरी र थकान हुनु आदि ।
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_AwJGaoGMel_okzpwmxehc729qnqihivqvhhlgzzgec6mvi8bzlo8uzftfdjq44tgk4ycghx.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_xWmQcmSJeo_0gkidfsugplgsa84wm69rwg1wac8hx762yk1sjcf2kadr1hwukbno5xabsop.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_OTeb3MZco7_zy2mj4efpoyida6olifjk9nkmkyfzfnejzbvfwlpxsi3nka3uedftlwgvnuf.jpg)
भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा
![प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Intermittent-Fasting_eryuGg7VMy_a39jduibk7po4i2ws3hwmewmowx12ekj66ijtuck71mlinbmbcwbgrmis1kq_Gdd3lG1xvD_905lhztcaf18eajsm5udxpieclrgedl8obencxrpfmyibzzrfxyytu2ixmvp.jpg)
प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?
![सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240624-WA0001.jpg_OWxbFUxdzS_chtvipixkfvconki70xyk39vmhoihvsp1dqu9fhxbpgn9mbdufzwy9evnocl_UAt7kC1QrK_bmpd6gcvckbxjsuys0e2uixn50axxooo50ocgvga60slwnygpgmpwieumouq.jpg)
प्रतिक्रिया