सगरमाथामा ६ दिनदेखि हराईरहेका एक मंगोलियनको शव भेटियो, एकको अवस्था अज्ञात

इटहरी ।  सगरमाथाको चौथो शिविर नजिकबाट ६ दिनदेखि हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एक जनाको शव भेटिएको छ । ५३ वर्षीय युखजर्गल सिडेनडम्बाको शव शुक्रबार फेला परेको हो । खोज तथा उद्धारमा संलग्न शेर्पा टोलीले ७,७०२ मिटरको उचाइमा शव भेट्टाएको हो ।

खोज तथा उद्धारमा संलग्न काठमाडौंस्थित एटके एक्सपिडसनका निर्देशक लाक्पा थेन्डु शेर्पाका अनुसार गत आइतबार साँझ सगरमाथा चुचुरो नजिकै ७,९५० मिटर उचाइमा रहेको चौथो शिविरभन्दा माथिबाट उनी हराएका थिए । ‘चौथो शिविरभन्दा माथिबाट हराइरहेका दुई मंगोलियन आरोहीमध्ये एक जनाको शव फेला पर्‍यो,’ एटके एक्सपिडसनका निर्देशक शेर्पाले भने, ‘अर्का ३१ वर्षीय प्योरभ्रिसन खाम्बाजाभ अझै भेटिएका छैनन् ।’

बाधा पुग्ने भएकाले मृत अवस्थामा भेटिएका मंगोलियन आरोहीको शव भने आधार शिविरमा झार्न कठिनाइ हुने निर्देशक शेर्पाले बताएका छन् । यस पटकको आरोहण सिजन सकिएपछि अर्का मंगोलियनको पनि खोजी गरेर सिडेनडम्बाको शव व्यवस्थापन गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित