संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले संसद भवन अगाडि प्रदर्शन गरेको छ । उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै नेविसंघले शुक्रबार दिउँसो संसद भवन अगाडि प्रदर्शन गरेको हो ।

कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर सदन अवरोध गर्दै आएको छ भने भ्रातृ संगठनहरू पनि सडक प्रदर्शनमा उत्रिएका छन् । संसद भवनको मूल गेट अगाडि नेविसंघले प्रदर्शन गरेपछि प्रहरीले ११ जना नेवि संघका नेताहरूलाई पक्राउ गरेको छ । प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर समेत पारेको थियो । प्रदर्शनकारीले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ प्रदर्शन गरेको छ ।

प्रदर्शन गर्ने नेविसंघका ११ जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित