रामधुनीमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायाे गाेली : इटहरीका श्यामप्रसाद सहित दुई जना पक्राउ

इटहरी । सुनसरीमा लागुऔषध कारोबारका आरोपीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।रामधुनी नगरपालिका–६ इचौलमा बिहीबार बेलुका काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको ब्यूरोका प्रमुख एसएसपी गोबिन्द थपलियाले बताए।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएका छन्। उनको दायाँ खुट्टामा १ राउण्ड गोली लागेको र अहिले् उपचारका लागि स्थानीय अस्पताल पठाएको एसएसपी थपलियाले बताए।

मण्डलसँगै रहेका श्यामप्रसाद निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ। निरौला इटहरी नगरपालिका ५ का र मण्डल सप्तकोसी नगरपालिका ५ का हुन्।

उनीहरुसँग लागुऔषध रहेको सूचनापछि पक्राउ गर्न गएको प्रहरी टोलीलाई रड प्रहार गर्न खोजेपछि गोली चलाउनु परेको थपलियाको भनाई छ। प्रहरीले उनीहरुको साथबाट २१०‍.७ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित