देशका यी ३ ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो , बिराटनगर , इटहरीमा ३८डिग्री , तत्काल पानी नपर्ने

इटहरी । केही दिनदेखि देशभर तापक्रम बढिरहेको छ। जसका कारण गर्मी भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार तराईका ३ स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा यसभन्दा माथि पुगेको छ।  

महाशाखाका अनुसार बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ४१.४ डिग्री सेल्सियस पुगेको छ भने यसपछि बाँकेको नेपालगन्जमा ४०.५ र कैलालीको धनगढीमा ४० डिग्री सेल्सियस छ। यस्तै जनकपुरसहित देशका अन्य ८ स्थानमा पनि तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ।

महाशाखाको विवरणअनुसार बिहीबार अधिकतम तापक्रम धनुषाको जनकपुरमा ३९.६ डिग्री सेल्सियस, डोटीको दिपायलमा ३८ डिग्री सेल्सियस, सुर्खेतको वीरेन्द्रनगरमा पनि ३८, दाङको घोराहीमा ३७.७, सुनसुरीको धरानमा ३७.५, बाराको सिमरामा ३७.४ र मोरङको विराटनगरमा पनि ३७.४ डिग्री सेल्सियस पुगेको छ।

यसैबीच पहाडी क्षेत्रमा पर्ने काठमाडौँ उपत्यकामा समेत बिहीबार अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ।  मौसमविद्ले अबका तीन दिन अत्यधिक गर्मी हुने र तराईमा तातो हावा चल्ने भएकाले होसियारी अपनाउन सुझाव दिएका छन्। 

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता