रोनाल्डो सर्वाधिक कमाउने खेलाडी, फोर्ब्सको शीर्ष १० मा को–को खेलाडी ? (सूचीसहित)

एजेन्सी । क्रिस्टियानो रोनाल्डो फोर्ब्सको सर्वाधिक धनाड्य खेलाडीको शीर्ष स्थानमा रहन सफल भएका छन् । पोर्चुगिज स्टार रोनाल्डो लगातार चौंथो पटक शीर्ष स्थानमा रहेका छन् ।

रोनाल्डो साउदी क्लब अल नासरमा २०२२ मा कीर्तिमानी मूल्यमा आवद्ध भएका थिए । उनले २०२५ सम्मको सम्झौता गरेका छन् । बिजनेस म्यागजिन फोर्ब्सका अनुसार ३९ वर्षीय पोर्चुगिज फर्वाड रोनाल्डोले पछिल्लो १२ महिनामा २६० मिलियन डलर आम्दानी गरेका छन् । त्यस्तै, गल्फका जोन रहम दोस्रो स्थानमा आएका छन् ।

अर्का, फुटबल स्टार लियोनेल मेसी फोर्ब्सको यो सूचीमा तेस्रो नम्बरमा रहेका छन् । उनीअघि स्पेनिस गल्फरले आफ्नो स्थान सुरक्षित गरे । उनले पछिल्लो १२ महिनामा २१८ मिलियन डलर आम्दानी गर्दै मेसीलाई पछि पारेका हुन् । त्यस्तै, फुटबलर नेमार र करिम बेन्जामा साउदी प्रो लिगमा प्रवेश गरेसँगै फोर्ब्सको सर्वाधिक कमाउने खेलाडीको शीर्ष १० मा अटाउन सफल भएका छन् ।

त्यस्तै बाँस्केटबल खेलाडी लेब्रन जेम्स चौंथो स्थानमा रहँदा अर्का बाँस्केटबल खेलाडी जियानीस एन्टेटोकोउन्पो पाँचौं स्थानमा रहेका छन् । फोर्ब्सका अनुसार विश्वका १० सबैभन्दा धेरैं कमाउने एथलीटहरूले विगत १२ महिनामा कर र एजेन्ट शुल्क बाहेक सामुहिक रूपमा १.३८ बिलियन डलर आम्दानी गरेका छन् । जुन हालसम्मसम्मकै उच्च हो ।

शीर्ष १० मा अटाएका खेलाडी र वार्षिक आम्दानी
क्रिस्टियानो रोनाल्डो, फुटबल (२६० मिलियन डलर)
जोन रहम, गल्फ (१२८ मिलियन डलर)
लियोनेल मेसी, फुटबल (१३५ मिलियन डलर)
लेब्रोन जेम्स, बाँस्केटबल (१२८.२ मिलियन डलर)
जियानीस एन्टेटोकोउन्पो, बाँस्केटबल (१११ मिलियन डलर)
केलियन एम्बाप्पे, फुटबल (११० मिलियन डलर)
नेमार, फुटबल (१०८ मिलियन डलर)
करिम बेन्जामा, फुटबल (१०६ मिलियन डलर)
स्टेफन करी, बाँस्केटबल (१०२ मिलियन डलर)
लामर ज्याक्सन, अमेरिकन फुटबल (१००.५ मिलियन डलर)

प्रतिक्रिया

सम्बन्धित