सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sip.jpg-5_dwFBStG0HW_h6no5tbrh0avwgxlhjbsal6suy0qbi29awlq1kihj1yf601nbq4ta6g75elg_wo47maj3ZC_ua3gop0cq8iiyvhkjnio8fsqgylkawzfifyntujlunwyzkqctt85r1ncfajn.jpg)
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ ।
वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए । यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएका छन् । ३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ । आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ ।
दोस्रो चरणको कक्षा ज्येष्ठ ६ गते आइतबारबाट सुरु हुनेछ । यसमा १ हजार १३५ जनाको कोटा छ । यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गराइएको छ ।
तालिमामा सहभागी हुनेले ९० प्रतिशत हाजिर अनिवार्य छ । तालिम सुरु गरेर कसैले छोड्न नपाउने व्यवस्था छ । तालिम निःशुल्क हो तर कसैले बिचमै छोडेमा तालिम वापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।
निःशुल्क सिपमूलक तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन परेको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिनुभएको हो । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित आवेदन माग गरिएको थियो ।
वैशाख १९ गते अगाडि अनलाइनबाट आवेदन दिने ७ हजार ३८२ जनालाई पहिलो प्राथमिकतामा राखेको छौँ । उद्घाटनका दिन टुँडिखेलमै फाराम भर्ने ४ हजार १८२ जनालाई दोस्रो प्राथमिकतामा राखेका छौँ । यसपछि सिप मेलामा आएर आवेदन दिने १३ हजार ९९४ जनालाई तेस्रो प्राथमिकतामा राखेका छौँ । प्रशिक्षणमा बोलाउँदा यही मापदण्डका आधारमा बोलाएका हौँ ।
तालिममा समावेश १० क्षेत्र र ३० पेशासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्वल फिटिङ्, इलेक्ट्रिसियन, प्लम्बिङ्, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् ।
यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ्, वेटर, डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ्, सीसीटिभी क्यामरा, मोवाइल रिपेयरिङ्, वेल्डिङ्, टेलरिङ्÷डे«स मेकिङ्, फेसन डिजाइनिङ्, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ्, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम हुन् ।
हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आउनु भएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भर्नुभयो । त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म दिइएको फाराम भर्ने अवसरमा १४ हजार ३ सय जनाले फाराम भर्नुभयो । यस्तै अनलाइनबाट १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ ।
यससँगै समय समयमा विभिन्न पेशा (जुत्ता बनाउने, डकर्मी, मालीलगायत) सँग सम्बन्धित तालिमका लागि गरिएको आव्हानका क्रममा ५ हजार ६८९ जनाले आवेदन दिएका छन् ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए ।
‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।
![काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC_1.jpg_LlpZZpO7cO_myobjy8hy7y3r8x6n1khqzmu1fveduedqalsuol4ywtsmdlwtrmclwum0jgt_nDz7Yqcr1d_6rsbd5kvy8nbndwvwbpbo0tg7y4foldgftzymvumpde3ai1lfugvxlyywpbl.jpg)
काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन
![ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल](https://snowberry.prixacdn.net/media/gallery_folder/denis.jpg_mcqnCI6Y2n_oazfp7ghdlx3we0yt9k1s3h5mdr23y9yr4z0rz3scesurj0ri4gkipdvumqc_QxH4LbEijs_vzoesbk2ycs8tr9gola7pvjfsyp379n6qx43d43ai7kb7irzlgcpylfurgtg.jpg)
ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल
![परराष्ट्रले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्](https://snowberry.prixacdn.net/media/gallery_folder/Foreign-Ministry_1.jpg-1_X2LmaIGEEw_jfccsgi0dw3vcsdd7leafszwdvclro67w8pfiiwxvsgaagemc0bc1whjgnw1_dOXVs14ZqU_furfq4yquu4dlegmkvzqgkhejxgzhgnio5e6ehwps4cggkcqgoe7cxknle1h.jpg)
परराष्ट्रले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
![प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश](https://snowberry.prixacdn.net/media/gallery_folder/Oli.modi-png-768x422_3A4xDNf1Z1_v2mjxzq9zhev32unqzjyz36kxrzufw9ibdfwignsl4mqg62gwsxhzegnxsqy_JIPRwgzPsu_ytjygwahl2uvzeyf62crc6axjhqcyh06ukjb2qazvzvogrfgy2zvqh9fvdsc.png)
प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश
![भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakdau-3_FW7WGGLnMm_ieiufuzu1bcux18tzz4wt2tsqgh7ia3bfdl1cym1mxfhuommp8hiyhaiafun_Nnb4SBSptN_vcikc5oxntmk1wlyzpvlmniss9xhfplkujnfmdw2u4le56nfe7wykzlbd5rf_wHgxwuTgM9_yiyi1f4xgby3cz5lguouqou5pjfqtouo1nbfasiwq734vmsgjzrk9fbcf6hb_uOyqw3AdTC_l8nraoetugv8twyfmp5y4hvohunutiqrzchgqo2azkryxubpajm5uoog9dnh_LG1yLxtgLo_rw0tja5ktm0k3925jkdgzb8ppef5zktsrsof2ydkdb3ni3es6u1wx6qd2afc_MsK0GSv3py_ts9ipy2n7cevoki480qfyfq7aeobxuhdedgtaqad12btfxsx92x8bbcczuwk_aEr1CGM7lL_oinqfw6ufmwklhx3lemdi7wo8km0ghgthuopjwir0v5tvkyhna0li2sjdvsm_zW7r7QXjfQ_rkrwytu0x8ki0bfagpwswclydaactlvmujuezdbp77olmejv6i9hx3i6ljv5_JwTxV3ORaS_rpoitox5suwe6abim8rgvzbdxypdq1wmgv0umnvl5npf35afwylt7nnuui01_BOc9IFXyRH_a5pr7dulcpasa4krcfredwlyxy3asoz2dlqnqcstaehmxxziorb6lenorwv6_aWN1XjnTby_fcsfwg2ylswn9mylo4ovmfjj19bdb4ekzisaodfeosvxrpz6nrkukfz2kx2l_JauDImGbRH_hvkbfajuebwxcwnav96aoxuf6f08jcohpds0fbhukhsiibuiopxj9kl3saxv_gmimAIILAB_drbkiv5latjlnmet63qpxfwv1wmcllusthkn9puhlcsibzjemxt19dybnbzf.jpg)
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ
![ढाकास्थित दूतावासले नेपालीलाई भन्यो- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु](https://snowberry.prixacdn.net/media/gallery_folder/Dhaka.jpg_ARrgV2ZfWd_cueywed8nkmdqipwmfxpnpgjp3irl5qyabiggskjidjkcaolgpdtd5fpoalg_YPT4312P2v_oyafpmlaajedenojiheouskra2wvd7ckgd9emp9hdgdvhztfkqrsql2vf8dw.jpg)
ढाकास्थित दूतावासले नेपालीलाई भन्यो- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु
![महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-26_wIMrYm3IyD_q2eckaluywdymnya8i4vgobmzvoyxr5u0zn6kx9bbtlwlu3kiisgdbo0j2az_j34IPJP4vg_bdy1xoiguuwwrjkj5jjxhyxqnwfyjakcgqblyevoopdjtaw7ssidz3pnuod9.jpg)
महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोज…
![मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना](https://snowberry.prixacdn.net/media/gallery_folder/Oli.png-7_o8Pfic0tPn_dlds4jxc4qxd9iehp75uxfkwu2k8u12htqi7tj1nbbhbevienh9ajm7jys1q_nxDax9FW63_fdhpphrmrkbyymcreh5o7fipbhj6bf8xat5lipzoaavnqgszb08nksmkke3c.png)
प्रतिक्रिया