घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Ghanashyam-Bhushal.jpg_GkScqrAK3E_ms8cscqfr4mxteb4ntptf8inuvul53ohajm2pnzxvrupniukiyhkftkhnexo_3e27zjj7ep_mez3wjm2gz2fpz062jy1alwjexwezcgzynuwpmk1gsrbqkkodddu0ebxke39.jpg)
काठमाडौं / नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि सङ्गठनात्मक प्रतिवेदन पेश गरेका छन् । उनले आफ्नो प्रस्तावमा संगठनमा देखिएका मुख्य समस्यालाई विभिन्न १२ बुँदामा पार्टीको वर्तमान चुनौती पेश गरेका छन् ।
संगठनात्मक प्रस्तावमा उनले एकीकृत समाजवादीको उद्देश्य आजको पुँजीवादी समाजको ठाउँमा समाजवादी समाजको स्थापना गर्नु रहेको उल्लेख गरेका छन् । उनले पुँजीवादलाई आजका समस्त सामाजिक समस्याहरुको जरोका रुपमा चित्रण गरेका छन् ।
चुनौतीहरु:
१- एकै समयमा देशैभरी कमिटीहरु बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तात्कालिक सक्रियतालाई ध्यान दिनु स्वाभाविक थियो । तर विद्रोहको समयको सक्रियता विचार, सिद्धान्त र राजनीतिक तथा साब्गठानिक योग्यता र अनुभव बिना लामो समय टिकाउन सजिलो हुँदैन । विद्रोहलाई व्यवस्था र विधिमा ढाल्नु पर्ने अवस्थामा ती कमजोरीहरु विभिन्न क्षेत्रमा देखिँदै गएका छन्। त्यसले गर्दा कतिपयमा कमिटीमा नकारात्मक प्रभाव परेका छन् ।
२- नेकपा एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरुको ठूलो सब्ख्या हाम्रो पार्टीमा आएको थियो । लामो समयसम्म उपयुक्त जिम्मेवारीमा नहुँदा त्यसमध्ये कैयौँ कमरेडहरुको क्षमताको स्तर वर्षौँ पुरानो छ तर अहिले उहाँहरु पार्टीकोमहत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पद र हैसियतमा रहेका कैयन्कमरेडहरुले साब्गठानिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको छ ।
३- तुलनात्मकरुपले कनिष्ठ तर सक्रिय वा जिम्मेवारी पाउँदा धेरै काम गर्न सक्ने नयाँ तथा नौजवान कमरेडहरु र तुलनात्मक रुपले पुराना तर जिम्मेवारीअनुसार सक्रिय हुन नसकेका कमरेडहरुका बीचमा हुने अन्तरविरोधहरुले पनि माथिदेखि तल्ला कमिटीहरुमा समस्या देखिएका छन् ।
४- हामीले पार्टीको निर्माण माथिबाट गर्नु पर्ने थियो । धेरैजसो कमिटीहरु सम्पूर्णरुपले नयाँ बनाउनु पर्ने थियो । तर कसलाई कुन पद वा जिम्मेवारी दिने वा को कुन कमिटी वा कुन पदमा रहने भन्ने कुनै वस्तुगत आधार उपलब्ध थिएन । जसले गर्दा व्यक्तिको मूल्याब्कन मनोगत हुने अवस्था आयो ।
५- निर्वाचनमा उम्मेदवारी र राजनीतिक नियुक्तिमा माथिल्लो कमिटीमा रहेकाहरुले प्राथमिकता पाउने परिपाटी सबैजसो पार्टीमा छ, जुन एक हिसाबले स्वाभाविक पनि हो । त्यसको समाधान लोकतान्त्रिक पद्धतिको अभ्यास र त्यस क्रममा स्थापित मापदण्डबाट हुन्छ । तर हाम्रो पार्टीले त्यस्तो अभ्यास शून्यबाट सुरु गर्नु पर्ने भएको हुँदा माथिल्लो कमिटी वा पदमा पुग्नका लागि हुनेप्रतिस्पर्धालाई अझै व्यवस्थित गर्न सकिएको छैन ।
६ - पार्टी स्थापनाको समयको राजनीतिक तथा संवैधानिक आवश्यकताले हामी चुनावसम्मै जानेगरी गठबन्धन सरकारमा सामेल भयौँ । उक्त गठबन्धनमा बढि निर्भरता हुँदा पार्टी निर्माणको काम ओझेलमा पर्ने अवस्था आयो । स्थानीय र संघीय निर्वाचनमा हामीले अपेक्षित उपलब्धी हासील गर्न सकेनौँ ।
७- पार्टीमा उर्जा र आकर्षण कम हुँदै गयो । त्यसलाई चिरेर नयाँ उर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नु पर्नेछ ।
८- पार्टीको निर्माण माथिबाट गरिएको हुँदा समस्याको जरो पनि माथि नै थियो । सब्गठनको माथिल्लो तहमा नै समस्या भएपछि तल्ला कमिटीहरुलाई जनवादी केन्द्रियताअनुसार सञ्चालन गर्न कठिनाइहरु छन् ।
९- एउटा राम्रो पार्टी अनेकौँ कामहरुको एउटा सिब्गो प्रणाली हो । प्रणाली सुचारु नहुँदासम्म कमिटीमा व्यक्ति हावी हुने अवस्था आउँछ । हाम्रो पार्टी प्रणाली निर्माणकै क्रममा छ । त्यसैले कमिटी र पद्धतिमाथि व्यक्ति र तदर्थवाद हावी हुने अवस्था अझैसम्म कायम छ ।
१०- पार्टीमा रहेका उपरोक्त समस्याहरुको नकारात्मक प्रभाव जनसब्गठनमा पर्नु स्वाभाविक छ । केहि जनसब्गठनहरुले सन्तोषजनक काम गरेका छन्, केहि औपचारिकरुपमा चलेका छन् भने अरु समस्याग्रस्त छन्। सबैभन्दा चलायमान युवा र विद्यार्थीलाई जुन महत्वका साथ सञ्चालन गर्नु पर्थ्यो त्यो सकिएको छैन । आजको राजनीति र समाजका जटीलतालाई बुझ्न र चिर्न सक्ने युवा तथा विद्यार्थीहरुको राष्ट्रव्यापी परिचालन बिना पार्टीलाई अगाडि बढाउन असम्भवजस्तै कुरा हो । यसमा हाम्रा गम्भीर कमजोरी रहेका छन्।
११- संसद र संविधानको रक्षाका लागि उभिएको हुँदा राजनीतिक चेतना भएको जमात र सञ्चारमाध्यममा हाम्रो पार्टीप्रति पर्याप्त आकर्षण थियो । तर पार्टीमा विद्यमान साब्गठानिक तथा राजनीतिक कमजोरीहरुले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको छ ।
१२- सरकार र संसदमा हाम्रो उपस्थितिलाई मुलुकले एउटा क्रान्तिकारी विद्रोही पार्टीको रुपमा हेरेको थियो । यसबारे पार्टी नेतृत्वमा बेलाबेलामा गम्भीरतापूर्वक छलफल भएका छन्। तर संसद र सरकारमा पार्टीको अपेक्षित भूमिकालाई हामीले अझैसम्म स्थापित गर्न सकेका छैनौँ ।
![दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/cow_SOC0wtad0E_oikwqmycatbke8ezoenrt1ixoclqmrmvhf5ufwrsvyumg1spu4gf7mmkukag_13vic2LlUS_pgupwnepxlbljt9ugyjik4tgbkcxibn80xs7ahksbrkoaxlnlvrdjwjx789q.jpg)
दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/yarsha_UB7go46cQT_i3ij1jargtjnxuoeagvl0tmqugfol81x349jirbsccalfvcieeluekkypc8x_SExcDeH51r_yuclz5qd5q1ew0lrd6vgv51skczvqgciuwutvzcae1a68zn0siyoywj8yfsh.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_VzhnABVfPC_ga2enwxb5wtnxacc7qcidmvkk4fvrkzyecegpouhg4jt4dzalnu3wvkofdvw.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_rkmPJq0uk7_4iinfxyoxph2rpwggdkronxnr5wthyidraqscyhfkdf0ad03qt2ocdwu1qsg.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_fLv0pfU2cq_wkcpo0kq6dgpburneqrhx7aa14zezafjmqbc6dht5btrvtp85k9zu2lmmq4r.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_kLyqycvVBa_6tkvhtjy4zwk4g5tyuwjkfjpxfpigtvcuqeyu2kty0otihbjrw1y1mh9a6w3.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_V6mBUxmUqo_oi34mchaayqmmlzggz0rvr2mhyvriqfuhba2jndafxtoeqi0vproyy3x7buu.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_VgWMd5Dcuq_twmqlhexwiwspqa6xglukryjvfsji2mnj08ajthc28n3gpvrardrotmipcrs.jpg)
प्रतिक्रिया