समुद्रमा चल्ने पानीजहाज नेपालमा दर्ता हुने, नारायणी र कोशीमा टर्मिनल भवन बन्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जल यातायातको प्रयोगका लागि संस्थागत र प्रक्रियागत व्यवस्था गर्ने घोषणा गरेको छ । आज संघीय संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।

नीति तथा कार्यक्रममा सुनकोशी र नारायणी नदीमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिने योजना छ । यस्तै, समुद्रमा संचालन हुने पानी जहाज नेपालमा दर्ता हुने व्यवस्था मिलाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा विशेष प्रोत्साहन प्याकेज

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेज ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्योकज ल्याउने घोषणा गरेका हुन् ।

सरकारले भैरहवा र पोखरामा उडान भर्नेलाई विशेष प्रोत्साहन प्याकेज दिने भएको हो । त्यस्तै, सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार गर्ने तथा पूर्ण क्षमतामा सञ्चालन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित