बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Harin-Killed-New.jpg_OEbsTzKMfY_9cbtkr1wijisiqslruuvi9cp3nejsnukqwlrhficvqonkx0rd0pew2bkzm66_XtFthWMeyi_7atjfaayluuop0pdbdif3ticfwtdzecxb37ml7upqwdajxcdymwrgqxlbudo.jpg)
बारा / बाराको वनमा चोरी सिकारीको समूह सक्रिय रहेको पाइएको छ। निजगढ नगरपालिकामा सिकारीहरूको समूहले वन कार्यालयनजिकैको जंगलमा आइतबार गोली हानेर हरिण मारेका छन्।
सिकारीहरूले निजगढ सबडिभिजन वन कार्यालयबाट करिब पाँच सय मिटर दक्षिणमा पर्ने निजगढ– ९ को आदर्श सदावहार सामुदायिक वन क्षेत्रभित्र बयस्क हरिणलाई गोली हानेर मारेका हुन्।
जंगलमा बन्दुक पड्केको आवाज सुनेपछि वन कर्मचारीहरू तत्काल घटनास्थलमा पुगेका थिए। गस्ती टोली पुगेपछि मृत हरिण बोकेर लैजाने तयारीमा रहेका १५–१६ जनाको समूहमा रहेको सिकारी टोली भने भागेको थियो।
कार्यालयका रेन्जर निरज पोखरेलका अनुसार करिब दुई वर्ष उमेर र सय किलो तौलको सो हरिणलाई सिकारीहरूको समूहले डिभिजन वन कार्यालयको दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट करिब तीन मिटरभित्र जंगलमा दिउँसो ३ बजे गोली हानेर मारेका हुन। हरिणको गर्धनको ६ स्थानमा गोलीको छर्रा लागेको पाइएको रेन्जर पोखरेलले जानकारी दिए।
‘वन कार्यालयनजिकै जंगलमा लगातार चार–पाँचपटक बन्दुक पड्केको आवाज आयो । त्यसपछि हामी आवाज पड्केको स्थानतर्फ जाँदा १५–१६ जनाको समूहका सिकारीहरू हामीलाई देखेर भागे,’ उनले भने।
फरार सिकारीहरूको हुलियाको आधारमा उनीहरूलाई पहिचान गर्न र घटनाको थप अनुसन्धान गर्न टोली खटाइसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ। सिकारी भागेपछि मृत अवस्थामा बरामद भएको हरिणलाई निजगढ सबडिभिजन वन कार्यालय परिसरमा ल्याएर स्थानीय जनप्रतिनिधिको रोहवरमा गाडिएको छ।
यसअघि वन क्षेत्रमा सिकारीहरूले डढेलो लगाएर सिकार गर्ने तथा डढेलोका कारण राजमार्ग तथा बस्तीसँगै रहेको वन क्षेत्रमा हरिण, मृग, चित्तलजस्ता वन्यजन्तुु बस्न थालेपछि सिकारीहरूको समूहसमेत सक्रिय हुँदै आएका छन्।
केही समयअघि मात्रै डिभिजन वन कार्यालय बाराको रात्रि गस्ती टोलीले कोल्हवी नगरपालिकाको वन क्षेत्रबाट वन्यजन्तु सिकार गर्ने दुईजनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट भरुवा बन्दुकमा प्रयोग हुने बारुद फेला परेको थियो।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_xDkalSepbF_8aatrxflbusrg1xozpa8h09kne1h2pecscmjbjvv3blr4nqjwtjyn3nwqwks.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_34LLLFx8On_ckj31nuguyd7nanqfqaim1jbm7iolyilgaifggkiqwwmh0dcjcphpzaszwlz.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_gqXMPojHon_4dflodmkskwcn2ljhwq817dndzdbj9oedu0gavoojeeqsvuvsnbp6pqci5gu.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_TEad3cgMKV_byru9uxzt1yeog9hhudr6pwe9h6ol0v66lt4x6v8pum9v8n3cy2iytmhunnp.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_VtUalYmVE1_u2cj31few7clsnljv7xppo65ufqg9hkmhroqiyojzivnoibdyf8qv6y6sj1j.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_qVcwFy2EgY_8ohla4pxewqdvr8tg0hb41wfa6opmrt01e2cfonqe3eiym26c1elehih3exp.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया