सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु

एजेन्सी । सुँगुरको आनुवांशिक रूपमा परिमार्जित मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ । ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि मिर्गाैलाको अन्तिम चरणको रोगसँग लडिरहेका थिए ।

म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) ले जारी गरेको विज्ञप्तिमा रिचर्डको मृत्यु मिर्गाैला प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै संकेत नभएको बताएको छ ।

सुँगुरबाट अन्य अंगहरू प्रत्यारोपण गर्ने धेरै प्रयास असफल भइसकेका छन् । यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिइएको थियो । मिर्गाैला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए ।

प्रतिक्रिया

सम्बन्धित