नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

इटहरी । सुनसरीको इटहरीस्थित नमुना कलेजले बिबिए र कक्षा १२ सकेका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै आशीर्वाद सहित बिदाइ कार्यक्रम सभ्य र भव्य रूपले सम्पन्न गरेको छ । 

इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा १२ कक्षा सकेका ३ सय जना र बिबिए सकेका ८० जना विद्यार्थीहरूलाई एकै साथ बिदाइ गरिएको हो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेका थिए ।

 

 कहिले नृत्य , कहिले गीत ,गजल तथा आफू भित्र भएका कलाहरूलाई स्टेजमा उतारेका थिए । कार्यक्रममा ग्रिन पिस लिङ्कन कलेजका प्रिन्सिपल मुक्तिराज सुवेदीले बिदाइ भएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना सहित आशीर्वाद प्रदान गरेका थिए । त्यस्तै नमुना कलेजका सहायक प्राचार्य तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराइले विद्यार्थी जीवनमा भोगेका तिता मिठा यथार्थहरू सुनाएर बिदाइ हुँदै गरेका विद्यार्थीमाझ हौसला प्रदान गरेका थिए ।

 कार्यक्रममा कमेडी गायक तथा कलाकार तुलसी घिमिरेले विभिन्न नृत्य तथा गीतहरू गाएर विद्यार्थी एवम् शिक्षकहरूलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रम नमुना कलेजका अध्यक्ष धर्म न्याैपानेकाे अध्यक्षता र ग्रिन पिस फाउन्डेसनका अध्यक्ष केशव खडकाको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । कार्यक्रममा करिब ७ सय विद्यार्थीहरूकाे व्यापक उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित